पर्बतमा मकै रोप्ने (सिडर) मेसिन भित्रियो

पर्वत, १५ चैत । पर्वत जिल्लामै पहिलोपटक मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो । कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने (सिडर), […]

नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन पहल

काठमाडौं, १५ चैत । नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार गर्न तदारुकता देखाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बुधबार बसेको सर्वदलीय बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारसँग अनुरोध गरेको छ । उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा प्रदेश सभा सदस्य, जनप्रतिनिधि, संबद्ध निकायका अधिकारी, […]

भारतले फेरि बढायो बिजुलीको भाउ

काठमाडौं, १५ चैत । भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो। भारतले प्रतियुनिट ३.६० भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु (६.३६ रुपैयाँ) बनाएको छ। ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत […]

चामलमा परनिर्भरता बढ्यो, १७ अर्ब चामल खरिदमा बाहिरियोे

काठमाडौं, १४ चैत । कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो । यद्यपी, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रुपमा नेपाल भित्रिने गरेको जानकारहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन […]

मेडिकल कलेजमा पनि एमडिएमएस शुल्क २३ लाख सिफारिस

 काठमाडौं, १४ चैत ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका मेडिकल कलेजमा पनि एमडिएमएस (स्नातकोत्तर) तहमा सरकारले निर्धारण गरेअनुसार २३ लाख रुपैयाँ शुल्क लागू गर्न चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) फ्याकल्टी बोर्डले सिफारिस गरेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सोमबार बसेको बोर्ड बैठकले मन्त्रिपरिषद्को २०७२ भदौ ३१ को निर्णयअनुसार शुल्क लागू गर्न त्रिवि कार्यकारी […]

घट्दो बजारमा ‘सर्किट ब्रेकर’ – लागनीकर्ताले गुमाए ८ खर्ब ३६ अर्ब !

काठमाडौं, १३ चैत । सेयर बजारमा उच्च बिन्दुले घटेपछि सोमबार सर्किट ब्रेकर लागएर नियन्त्रण गर्नुपरेको छ । कारोवार सुरु भएको ४० मिनेटमै सेयर बजार मापक नेप्से तीन प्रतिशतले घट्न पुग्यो । विहान ११ बजे कारोवार सुरु भएदेखि ने नेप्से परिसुचक निरन्तर आरोलो लागेको थियो । ओरालो लाग्ने क्रम नरोकिएपछि बजार नियन्त्रण गर्न नेपालमा स्टक एक्चेन्जले […]

सुनको मूल्य बृद्धि, चाँदीको स्थिर

काठमाडौं, ११ चैत । बजारमा आइतबार सुनको मूल्य थप बढेको छ । हिजो मात्रै तोलामा पाँच सय रुपैयाँ बृद्धि भएको सुनमा आज थप चार सय रुपैयाँ बृद्धि भएको छ । आज सुन प्रतितोला ५८ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजारा नौं सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य […]

बैदेशिक रोजगार विभागका कर्मचारीले मन्त्रीको निर्देशन नै टेरेनन् !

काठमाडौं, ११ चैत । दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन बैदेशिक रोजगार विभागका कर्मचारीले उल्लंघन गरेका छन् । उनीहरुले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे । निमित्त कार्यालय प्रमुख प्रेमबहादुर पेसारले कर्मचारीलाई नियमित रुपमा हाजिर गराएर काममा लगाएको बताए । मन्त्रीको निर्देशविपरित किन हाजिर गराएको भन्ने प्रश्नमा उनले कसले कहाँ के […]

कतारबाट पैसा पठाउन समस्याः कतार भन्छ सरकारले रोकेको छैन

काठमाडौं, १० चैत । कतारबाट नेपालीहरुलाइृ रकम पठाउन समस्या हुन थालेको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ । कतारमा रहेका अधिकांश रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले कामदारलाई एकपटकमा एक हजार रियाल मात्रै पठाउन पाउने भन्न थालेका छन् । यस्तो उजुरी दूतावासमा आएपछि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारका गभर्नर शेख अब्दुल्लाहविन साउद […]

लगानी गर्नेलाई २ बर्ष कर छुटको घोषणा

काठमाडौ, ९ चैत । कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन । ‘कर्णाली प्रदेशमा अब आत्मनिर्भर बनाउने अभियानमा सबै निजी क्षेत्रको साथ खोजेका छौं’ […]