पोषणको अवस्था सुधार ल्याउन जुम्लामा पोषण विज्ञान अध्ययन हुने

काठमाडौँ, १५ असोज । मुख्यत कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुआत गर्ने भएको छ । आगामी वर्षदेखि चारवर्षे पोषण विज्ञान आहार क्लिनिकल न्युट्रिसन डाइटेटिक्स कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा प्रतिष्ठान जुटेको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका केही क्याम्पसमा मात्र […]

एकैदिन ५० जना बढीलाई बौलाहा कुकुरले टोके पछि

जलेश्वर, १५ असोज ।  महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ । कुकुरबाट […]

उपल्लो डोल्पामा हेपाटाइटिस बी बढ्दै

डोल्पा १५ असोज । उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ । शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या विकरालनै भएको वीरअस्पताल काठमाडौँका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले […]

म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

डोटी, १५ असोज । जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ । बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो । दिपायल, पिपल्ला र राजपुर बजारमा […]

रुसमा मदिरा सेवन ४३ प्रतिशत घट्यो

मस्को, १४ असोज । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि चिनिएको रुसमा सन् २००३ यता त्यस्तो मदिरा सेवनमा कमी आएको हो । खेलकुदमा बढी रुची राख्ने राष्ट्रपति भ्लादिमिर पुटिनले ल्याएका कतिपय सुधारात्मक […]

धौलागिरि अञ्चल अस्पतालको भवन उद्घाटन

गलकोट, १४ असोज । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले धौलागिरि अञ्चल अस्पताल बागलुङको सुविधा सम्पन्न ‘बी’ ब्लक भवनको आज उद्घाटन गरेका छन । विसं २०६६ वैशाख १ गते दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिश, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लकको हालै मात्र निर्माण सम्पन्न भएको छ । […]

विपन्न नागरिक कोषबाट २३७ बिरामी लाभान्वित

तम्घास, १४ असोज । सरकारले सञ्चालन गरेको विपन्न नागरिक कोषबाट जिल्लाका २३७ बिरामी लाभान्वित भएका छन् । तीमध्ये सबैभन्दा धेरै मुटु र अर्बुदरोगका बिरामी छन् । गत आर्थिक वर्षको शुरुदेखि हालसम्म मुटुरोगका ९५ र अर्बुद रोगका ८३ गरी कूल १७८ बिरामी छन् । त्यो कूल सङ्ख्याको ७५।१० प्रतिशत हो । सो सध्ये पनि मुटुरोगतर्फ ४८ […]

औषधि उत्पादक सङ्घको साधारणसभा

काठमाडौँ, १३ असोज । नेपाली औषधि उत्पादक व्यवसायीको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घको अधिवेशन एवम साधारणसभा असोज २९ गते काठमाडौँमा हुने भएको छ । हाल सङ्घमा ५३ व्यवसायी आवद्ध छन् । सो अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने सङ्घका अध्यक्ष दीपक दाहालले जानकारी दिए। केही कार्यकाल यता सङ्घको नेतृत्व चयन सर्वसम्मत रुपमा हुँदै आएको छ […]

विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ बिरामी

सर्लाही, १३ असोज । विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, […]

“छाला गोरो बनाउने क्रिम कुनै हालतमा प्रयोग नगर्नू”

उपभोक्ताहरूलाई छाला गोरो बनाउने क्रिमहरूले रङ्ग मेट्ने वस्तु जस्तै काम गर्ने भन्दै प्रयोग नगर्न सुझाव दिइएको छ। ब्रिटेनको स्थानीय सरकारको सङ्घले हालै विभिन्न ठाउँमा छापा मारेपछि प्राप्त जानकारीका आधारमा त्यस्ता उत्पादनहरू ूकुनै हालतमा प्रयोग नगर्नू सुझाव दिएको हो। त्यस्ता धेरै उत्पादनमा रङ्ग खुइल्याउने हाइड्रोक्विनोन भन्ने तत्व रहेको र तिनमा पारो तत्व (मर्करी) पनि हुन सक्ने […]