दुर्गममा स्वास्थ्य सेवाः चार सय लाभान्वित

बैतडी, ११ असोज । बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा दुर्गममा चिकित्सकको सेवा प्रदान गर्ने उद्देश्यले बिहीबारदेखि सो कार्यक्रम सञ्चालन भएको थियो । शुक्रबार सम्पन्न कार्यक्रमबाट ३८७ ले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । गाउँघरमा चिकित्सक […]

दुर्गममा न एम्बुलेन्स : न एक्सरे

जाजरकोट, ११ असोज । जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताईन् । तर चिकित्सक […]

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

चुरियामाई, १० असोज । हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको सो अस्पतालमा ५०० देखी ७०० सम्म […]

‘आँखा अस्पताल प्रदेशको शान’

चिप्लेढुङ्गा, १० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताए । नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सरकारको पर्याप्त सहयोगबिना आफ्नै स्रोतसाधनको उचित व्यवस्थापन गरेर गुणात्मक सेवा प्रवाह गर्ने उक्त आँखा अस्पताल प्रदेशकै एक नमूना संस्था भएको बताए । आर्थिक अनुशासन र सामाजिक उत्तरदायित्वको भावना भए उपलब्धि […]

एकसट्ठी जिल्लामा देखिएको स्क्रब टाइफस रोगबाट बच्ने उपाय

सङ्घीय राजधानी काठमाण्डूसमेत देशका ६१ जिल्लामा स्क्रब टाइफस रोग देखिएको अधिकारीहरू बताएका छन्। यो रोगबाट यस वर्ष हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ। विगतका वर्षमा फाट्टफुट्ट देखिने गरेको स्क्रब टाइफस असर यस वर्ष धेरै ठाउँमा देखिएको छ। मुसाबाट सर्ने भएकोले तिनीहरूबाट जोगिनु नै सबैभन्दा उपयुक्त विकल्प भएको चिकित्सकहरू बताउँढछ के हो स्क्रब टाइफस? यो […]

काठमाडौंमै एक महिलाले जन्माइन चार शिशु

काठमाडौं, ९ असोज । धनगढीकी खगित्रा शाहीले एकै पटक चार शिशुलाई जन्मदिएकी छिन् । २७ वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आठ महिनाको गर्भलाई शल्यक्रियामार्फत नवजात शिशुको जन्म गराएइको छ । शिशुको अवस्था सामान्य रहेको छ । नवजात तीन शिशुको तौल क्रमश: १.४, १.५, १.६ […]

वृहत् निःशुल्क स्वास्थ्यशिविर हुँदै

बागलुङ, ९ असोज । आउँदो कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ । अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् । दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य […]

डेंगुभन्दा स्क्रब टाइफसका बिरामीको संख्या तेब्बर बढी

पाल्पा – ८ असोज । पाल्पा जिल्लामा डेंगु रोगको भन्दा भयाबह् स्थिति स्क्रब टाइफसका बिरामीको रहेको पाइएको छ । पाल्पामा डेंगुबाट संक्रमित अहिलेसम्म झण्डै ३० जना बिरामी छन् तर स्क्रब टाइफसबाट अहिलेसम्म ९४ जना बिरामी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । डेंगुभन्दा ३० गुणा बढी मृत्युदर भएको स्क्रब टाइफसका बिरामी छन् । गत वर्ष […]

भाइरल ज्वरोका बिरामी बढ्दै

विदुर, ८ असोज । नुवाकोटमा केही सातायता भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै संक्रमण बढेको हो ।नुवाकोटको त्रिशूली अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले जनाएको छ । केही सातायता पहिलेको तुलनामा अहिले बिरामी सङ्ख्यामा वृद्धि भएको त्रिशूली अस्पतालले जनाएको छ । अस्पतालको बहिरङ सेवामा दैनिक […]

एमबीबीएस र बीडीएस तहमा निजी मेडिकल कलेजमा भर्ना अन्योल

काठमाडौँ, ८ असोज । त्रिभुवन विश्वविद्यालय र काठमाडाँै विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो । […]