सरकारी ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु

डोटी, ६ असोज । सरकारको नीतिअनुसार डोटीमा पनि ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको छ । जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँगैको अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य बीमा बोर्ड काठमाडौँले देशकै ४८ औँ जिल्लाका रुपमा डोटीमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको जानकारी दिएको हो । विसं २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु गरिएको उक्त कार्यक्रम […]

बल्ल पुग्यो जाजरकोट अस्पतालमा औषधि

जाजरकोट, ३ असोज । औषधि अभाव भएको तीन हप्तापछि जाजरकोटमा औषधि पुगेको छ । औषधि अभाव हुँदा उपचारमा परेको समस्यका बारेमा पटकपटक समाचार प्रकाशित भएपछि प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र कृष्ण शाह आज गाडीमा औषधि लिएर जिल्ला अस्पताल पुगेका हुन् । दैनिक ठूलो सङ्ख्यामा उपचारका लागि बिरामी भए पनि औषधि नपाउँदा रित्तो हात फर्कने गरेको […]

महानगरका ३३ वडामा डेङ्गु नियन्त्रण कार्ययोजना

कास्की, ४ असोज । गण्डकी प्रदेश सरकारले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३ वटै वडामा मन्त्री तथा प्रदेशसभा सदस्यहरुलाई सहजकर्ताको जिम्मेवारी तोकेर नियन्त्रण कार्ययोजना निर्माण गरिएको छ । सामाजिक विकास मन्त्रालयले ‘घर परिवार र सम्पूर्ण समुदायको सहभागिता, डेङ्गुमुक्त गण्डकी प्रदेश हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित वडास्तरमा कार्ययोजना निर्माण गरेर नियन्त्रणको अभियान शुरु गरेको हो । […]

भाइरलका कारण तीन दिनदेखि विद्यालय बन्द

जाजरकोट, २ असोज । भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ । तीन दिनदेखि विद्यालय बन्द भए पनि स्वास्थ्य संस्था नजिक नभएका […]

मौसमी रुघाखोकी र ज्वरोबाट बच्ने उपाय

पछिल्लो समय देशभर रुघाखोकी र टाइफाइडका बिरामीहरूको सङ्ख्या बढेको चिकित्सकहरूले बताएका छन्। यो समयमा मौसमी बिमारीहरू नियमित देखिने भएपनि यसपटक भने बिरामीको सङ्ख्या पहिलेभन्दा बढेको उनीहरूको भनाइ छ। स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरु बढी देखिएका छन्। तर महामारीको रूपमा फैलिएको डेङ्गीको नियन्त्रणमा केन्द्रित रहेको कारण अन्य रोगको रोकथामका लागि धेरै काम हुन नसकेको जनाइएको छ। […]

ग्रामीण क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन एम्बुलेन्स खरीद

कावासोती, २ असोज । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले यहाँ रहेको क्लबले एम्बुलेन्स खरीद गरेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–६ मा रहेको मातृभूमि युवा क्लबले एम्बुलेन्स खरीद गरेको हो । एम्बुलेन्स खरीदपश्चात ग्रामीण क्षेत्रमा कोही बिरामी परे उपचारका लागि अस्पताल लैजान सहज हुने क्लबका सचिव तीर्थ डुमे्रले बताए । कावासोती नगरपालिका–६ […]

स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने

काठमाडौँ, २ असोज । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग ९ओपिडी० तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ । स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । संविधानअनुसार तीन […]

अस्पतालमा जीवन योग प्रयोगशालाको उद्घाटन

मध्यपुरथिमि, १ असोज । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित बिपी नेत्र प्रतिष्ठानद्वारा सञ्चालित चियर्स अस्पतालमा आजदेखि जीवन योग प्रयोगशाला सञ्चालनमा आएको छ । अस्पताल निर्माणको परिकल्पनाकार एवं संस्थापक अध्यक्ष प्रा डा मदन उपाध्यायले अस्पताल परिसरमा जीवन योग प्रयोगशाला सञ्चालनको प्रस्ताव गरेपछि सञ्चालनमा आएको प्रयोगशालाको आज जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्माले उद्घाटन गरे । अध्यात्म विज्ञान […]

मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो

हेटौँडा, १ असोज । गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएकोे छ । बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन् । उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन मसान्ततिर लगभग नियन्त्रणउन्मुख भएको […]

लागुऔषधविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी

फिक्कल, ३० भदौ । इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषधविरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई लागुऔषध र यसले गर्ने असरबारे जानकारी गराइएको थियो । सो अभियानअन्तर्गत आज इलाम माविका विद्यार्थीलाई कक्षाकोठामै पुगेर लागुऔषधको असरबारे जानकारी गराइएको गराइएको प्रहरी प्रमुख हीराबहादुर पाण्डेले बताए ।