दानी डाक्टर : बाथमुटु रोग अनुसन्धान गर्न अक्षयकोष स्थापना

काठमाडौँ, ११ असोज । वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा प्रकाशराज रेग्मीले बालबालिकामा देखिने बाथमुटु रोगको अध्ययन, अनुसन्धान तथा निवारण गर्न सहयोग पु¥याउन ‘बाथ, मुटुरोग अनुसन्धान कोष’को स्थापना गरेका छन् ।

नेपाल हृदयरोग निवारण केन्द्रमार्फत कोष सञ्चालन हुुने सो कोषमा उनले १० लाख रुपैया प्रदान गरेका छन् । कोषको रकम १० वर्षभित्र एक करोड पु¥याइने लक्ष्यसमेत राखिएको छ । “पछिल्लो समय नेपालमा बाथमुटु रोगको अवस्था बढ्दो छ । यसका बारेमा जनचेतना, अनुसन्धान र रोकथाम गर्न सामूहिक प्रयासको आवश्यकता रहेको छ । यसैलाई सहयोग गर्न कोष स्थापना गरी नयाँ कार्यको शुरुआत गरिरहेको हुँ ”, उनले भने ।

कोषको व्याजबाट प्राप्त रकम बाथमुटुरोगको अध्ययन, अनुसन्धान, निवारण गर्न तथा यी कार्यमा काम गर्ने व्यक्ति तथा संस्थालाई पुुरस्कृत गरिनेछ । प्रतिष्ठानका अनुसार नेपालमा एक प्रतिशत बालबालिकामा बाथ मुटुरोगको समस्या रहेको अनुमान रहेको छ ।

Loading...