काठमाडौं, ९ असोज । धनगढीकी खगित्रा शाहीले एकै पटक चार शिशुलाई जन्मदिएकी छिन् । २७ वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आठ महिनाको गर्भलाई शल्यक्रियामार्फत नवजात शिशुको जन्म गराएइको छ । शिशुको अवस्था सामान्य रहेको छ । नवजात तीन शिशुको तौल क्रमश: १.४, १.५, १.६ […]
स्वास्थ्य
वृहत् निःशुल्क स्वास्थ्यशिविर हुँदै
बागलुङ, ९ असोज । आउँदो कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ । अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् । दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य […]
डेंगुभन्दा स्क्रब टाइफसका बिरामीको संख्या तेब्बर बढी
पाल्पा – ८ असोज । पाल्पा जिल्लामा डेंगु रोगको भन्दा भयाबह् स्थिति स्क्रब टाइफसका बिरामीको रहेको पाइएको छ । पाल्पामा डेंगुबाट संक्रमित अहिलेसम्म झण्डै ३० जना बिरामी छन् तर स्क्रब टाइफसबाट अहिलेसम्म ९४ जना बिरामी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । डेंगुभन्दा ३० गुणा बढी मृत्युदर भएको स्क्रब टाइफसका बिरामी छन् । गत वर्ष […]
भाइरल ज्वरोका बिरामी बढ्दै
विदुर, ८ असोज । नुवाकोटमा केही सातायता भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै संक्रमण बढेको हो ।नुवाकोटको त्रिशूली अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले जनाएको छ । केही सातायता पहिलेको तुलनामा अहिले बिरामी सङ्ख्यामा वृद्धि भएको त्रिशूली अस्पतालले जनाएको छ । अस्पतालको बहिरङ सेवामा दैनिक […]
एमबीबीएस र बीडीएस तहमा निजी मेडिकल कलेजमा भर्ना अन्योल
काठमाडौँ, ८ असोज । त्रिभुवन विश्वविद्यालय र काठमाडाँै विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो । […]
आँखा अस्पतालमा बिरामीको समस्याअनुसार उपचार सेवा
विराटनगर, ८ असोज । विराटनगर आँखा अस्पतालले आठ वर्षको अवधिमा चार लाख ९८ हजार ७७० जनालाई बहिरङ्ग सेवा प्रदान गरेको जनाएको छ । तीमध्ये ७६ हजार ५२० जनालाई शल्यक्रिया सेवा प्रदान गरेको छ । अस्पतालले बिना सुई मोतियाविन्दुको शल्यक्रिया सेवा, पर्दासम्बन्धी सम्पूर्ण सेवा, जलविन्दु, शल्यक्रिया, सेवा, बहिरङ्ग सेवा, २४ सै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी […]
डेङ्गुका कारण पर्यटक आएनन्
चितवन, ७ असोज । साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक […]
दुई सय विद्यार्थीलाई निःशुल्क चश्मा
गलकोट, ७ असोज । नेत्रज्योति सङ्घ बागलुङले यस वर्ष २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको छ । चालीसौँ राष्ट्रिय सामाजिक सेवा दिवसका अवसरमा सोमबार सङ्घले जिल्लाका २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको जानकारी दिएको हो । सङ्घले वार्षिकरूपमा गर्दै आएको निःशुल्क आँखा शिविरका क्रममा आँखाको दृष्टि कमजोर भई चश्मा लगाउनुपर्ने विद्यार्थीलाई एकमुष्टरूपमा चश्मा वितरण गरेको […]
एक सय ५७ कैदी एकै पटक बिरामी
इलाम, ६ असोज । इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । “एकैपटक ठूलो […]
सरकारी ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु
डोटी, ६ असोज । सरकारको नीतिअनुसार डोटीमा पनि ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको छ । जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँगैको अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य बीमा बोर्ड काठमाडौँले देशकै ४८ औँ जिल्लाका रुपमा डोटीमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको जानकारी दिएको हो । विसं २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु गरिएको उक्त कार्यक्रम […]









