धनगढी, ३० भदौ । डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ । यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ । टोल, बस्ती र विभिन्न विद्यालयमा समेत क्लबका बालबालिकाले उक्त अभियानअन्तर्गत नाटक प्रदर्शन गर्ने योजना बनाएका छन् । […]
स्वास्थ्य
मेचीनगरमा जडीबुटी भण्डारण कक्ष स्थापना
भद्रपुर, ३० भदौ । नेपालमा पाइने बहुमूल्य जडीबुटी सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले मेचीनगर–१० मा जडीबुटी भण्डारण कक्ष स्थापना गरिएको छ । डिभिजन वन कार्यालय झापाको रु सात लाख ५० हजार र स्थानीय कृषक दीपक नेपालको रु १३ लाख ५० हजारको लागतमा भण्डारण कक्ष स्थापना गरिएको हो । ‘ग्लोबल एग्रो एण्ड नर्सरी’ नामक भण्डारण कक्षमा […]
झापामा ५०० भन्दाबढी डेङ्गुका बिरामी
सुरुङ्गा, ३० भदौ । तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला […]
सुविधासम्पन्न अस्पताल स्थानीय तहलाई हस्तान्तरण
चरिकोट, २९ भदौ । दोलखाको वैत्येश्वर गाउँपालिका–५ मैनापोखरीमा सञ्चालनमा रहेको हिमालयन केयर हेन्सको स्वामित्वमा सही हिमालयन स्वास्थ्य सहकारीले व्यवस्थापन गर्दै आएको सुविधासम्पन्न हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । अस्पताल रहेको पाँच रोपनी जग्गा भौतिक संरचना तथा अस्पतालको उपकरणसहित करीब ६ करोड मूल्य बराबरको सामग्रीसहित अस्पताल वैत्येश्वर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । सम्पूर्ण […]
औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व
रुपन्देही, २९ भदौ । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन । सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन । सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरी विजयी […]
अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु
बाँके, २९ भदौ । बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो । भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पु¥याएपछि जीवित देखिँदा शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना […]
अझै औषधि आपूर्ति हुन सकेन जाजरकोट अस्पतालमा
जाजरकोट, २८ भदौ । जाजरकोट जिल्ला अस्पतालमा औषधि अभाव भएको तीन हप्ता भए पनि औषधि आपूर्ति हुन सकेको छैन । अस्पतालमा दैनिक बिरामी बढ्दै तर औषधि घट्दै जाँदा उपचारमा समस्या भएको हो । दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकीलगायतका बिरामीको चाप बढ्दै गएको भए पनि औषधि नहुँदा समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ । अस्पतालले नयाँ […]
‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’
चितवन, २८ भदौ । डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् । पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी बनाउन […]
सुदूरपश्चिममा २४ जनामा डेङ्गु, सतर्कता अपनाउन आग्रह
डोटी, २८ भदौ । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो । उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी […]
डेङ्गु नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग
विराटनगर, २७ भदौ । लामुखुटेृको टोकाइबाट डेङ्गुको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ । तीन वर्ष पहिले भारतको राजधानी दिल्लीमा १७ हजार ५०० मानिस डेङ्गुबाट प्रभावित भएपछि त्यहाँको सरकारले डेङ्गु नियन्त्रण गर्न थालेको अभियानले मूर्त रुप लिएकाले अहिले निकै जनघनत्व रहेको भारतको राजधानी दिल्लीमा दुई हजार ७०० […]









