डेंगुभन्दा स्क्रब टाइफसका बिरामीको संख्या तेब्बर बढी

पाल्पा – ८ असोज । पाल्पा जिल्लामा डेंगु रोगको भन्दा भयाबह् स्थिति स्क्रब टाइफसका बिरामीको रहेको पाइएको छ । पाल्पामा डेंगुबाट संक्रमित अहिलेसम्म झण्डै ३० जना बिरामी छन् तर स्क्रब टाइफसबाट अहिलेसम्म ९४ जना बिरामी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । डेंगुभन्दा ३० गुणा बढी मृत्युदर भएको स्क्रब टाइफसका बिरामी छन् । गत वर्ष पनि स्क्रब टाइफसबाट पाल्पामा केहीको मृत्यु भएको थियो ।

पाल्पाको लुम्विनी मेडिकल कलेज प्रभास, मिसन अस्पताल र पाल्पा अस्पतालमा उपचारका लागि आएका ९४ जना बिरामीमा स्क्रब टाइफसका जीवाणु भेटिएको हो । पाल्पाका तीन वटा अस्पतालमा गुल्मी, अर्घाखाँची, स्याङ्जा, नवलपरासी लगायतका गरी २ सय ४ जना बिरामी स्क्रब टाइफसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार मृत्यु भने अहिलेसम्म कसैको भएको छैन ।

स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने गर्दछ। यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सुक्ष्म किराले सार्ने गर्दछ। रोगको किटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ। केही बर्ष अगाडी सम्म स्क्र्ब टाइफस धेरै जसो पहाडी र दुर्गम स्थानहरुमा मात्रै देखिदै आहेकोमा हाल शहरी इलाकामा पनि देखिदै आहेको छ।

स्वास्थ्य महाशाखाका अनुसार पछिल्लो तथ्यांक अनुसार यो रोग सबैभन्दा बढी प्रदेश नम्बर ५ मा देखिएको छ। त्यसमा पनि पाल्पामा सबैभन्दा धेरै छन् । नेपालमा भने ‘मुसा ले यो रोग सारेको पाइएको छ। झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जाँदा ‘माइट’ ले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ।

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै ज्वरो आउने १०४ डिग्री भन्दा बढि र काम ज्वरो समेत आउन सक्दछ। टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन्। रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुन सक्छ। यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ।

तानसेन नगरपालिकाका स्वास्थ्य संयोजक सिरबहादुर रानाले स्क्रब टाइफस हानिकरक हुने हुँदा जोगिन नाङ्गो भएर झाडीमा जान नहुने बताउनुभयो । उहाँले सुरूकै चरणमा बिरामीको उपचार गरे निको हुने बताए ।

स्क्रब टाइफसका लक्षण
१० उच्च ज्वरो आउनु १०४ डिग्री फरेनहाइट।
२० अत्यधिक टाउको दुख्नु।
३० श्वास प्रश्वासमा अबरोध महसुस हुनु।
४० कृत्रिम आवाज सुनिनु र कान बन्द भए जस्तो हुनु।
५० आखा रातो हुनु र रसिलो हुनु।
६० शरीरमा दाग घाउको कालो पाप्रोदेखिनु वा खटिरा देखिनु।