स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने

काठमाडौँ, २ असोज । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग ९ओपिडी० तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ । स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । संविधानअनुसार तीन […]

अस्पतालमा जीवन योग प्रयोगशालाको उद्घाटन

मध्यपुरथिमि, १ असोज । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित बिपी नेत्र प्रतिष्ठानद्वारा सञ्चालित चियर्स अस्पतालमा आजदेखि जीवन योग प्रयोगशाला सञ्चालनमा आएको छ । अस्पताल निर्माणको परिकल्पनाकार एवं संस्थापक अध्यक्ष प्रा डा मदन उपाध्यायले अस्पताल परिसरमा जीवन योग प्रयोगशाला सञ्चालनको प्रस्ताव गरेपछि सञ्चालनमा आएको प्रयोगशालाको आज जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्माले उद्घाटन गरे । अध्यात्म विज्ञान […]

मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो

हेटौँडा, १ असोज । गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएकोे छ । बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन् । उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन मसान्ततिर लगभग नियन्त्रणउन्मुख भएको […]

लागुऔषधविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी

फिक्कल, ३० भदौ । इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषधविरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई लागुऔषध र यसले गर्ने असरबारे जानकारी गराइएको थियो । सो अभियानअन्तर्गत आज इलाम माविका विद्यार्थीलाई कक्षाकोठामै पुगेर लागुऔषधको असरबारे जानकारी गराइएको गराइएको प्रहरी प्रमुख हीराबहादुर पाण्डेले बताए ।

विद्यालयमा डेङ्गु रोकथाम अभियान

धनगढी, ३० भदौ । डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ । यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ । टोल, बस्ती र विभिन्न विद्यालयमा समेत क्लबका बालबालिकाले उक्त अभियानअन्तर्गत नाटक प्रदर्शन गर्ने योजना बनाएका छन् । […]

मेचीनगरमा जडीबुटी भण्डारण कक्ष स्थापना

भद्रपुर, ३० भदौ । नेपालमा पाइने बहुमूल्य जडीबुटी सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले मेचीनगर–१० मा जडीबुटी भण्डारण कक्ष स्थापना गरिएको छ । डिभिजन वन कार्यालय झापाको रु सात लाख ५० हजार र स्थानीय कृषक दीपक नेपालको रु १३ लाख ५० हजारको लागतमा भण्डारण कक्ष स्थापना गरिएको हो । ‘ग्लोबल एग्रो एण्ड नर्सरी’ नामक भण्डारण कक्षमा […]

झापामा ५०० भन्दाबढी डेङ्गुका बिरामी

सुरुङ्गा, ३० भदौ । तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला […]

सुविधासम्पन्न अस्पताल स्थानीय तहलाई हस्तान्तरण

चरिकोट, २९ भदौ । दोलखाको वैत्येश्वर गाउँपालिका–५ मैनापोखरीमा सञ्चालनमा रहेको हिमालयन केयर हेन्सको स्वामित्वमा सही हिमालयन स्वास्थ्य सहकारीले व्यवस्थापन गर्दै आएको सुविधासम्पन्न हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । अस्पताल रहेको पाँच रोपनी जग्गा भौतिक संरचना तथा अस्पतालको उपकरणसहित करीब ६ करोड मूल्य बराबरको सामग्रीसहित अस्पताल वैत्येश्वर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । सम्पूर्ण […]

औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व

रुपन्देही, २९ भदौ । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन । सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन । सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरी विजयी […]

अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु

 बाँके, २९ भदौ । बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो । भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पु¥याएपछि जीवित देखिँदा शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना […]