चौराहा अस्पतालमा डेङ्गुका बिरामीको निःशुल्क परीक्षण

रुपन्देही, २५ भदौ । बुटवलको चौराहा अस्पतालले डेङ्गुका विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले आजदेखि डेङ्गुको लक्षण देखिएका बिरामीको निःशुल्करुपमा स्वास्थ्य परीक्षण शुरु गरेको हो । अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले आर्थिक अभावका कारण कसैले पनि डेङ्गुको परिक्षण गर्न नसक्ने परिस्थिति नआओस् भन्ने उद्देश्यले निःशुल्क परीक्षण गरिएको बताए । एउटा […]

डेङ्गुबारे सचेतना कार्यक्रम शुरु

बनेपा, २५ भदौ । पनौती नगरपालिका स्वास्थ्य शाखाले मङ्गलबार पनौतीको बजार क्षेत्रलगायत विभिन्न ठाउँमा सचेतना कार्यक्रम गरी आम नागरिकलाई डेङ्गु रोगबाट बच्ने उपायसहितका सचेतना कार्यक्रम गरेको छ । शुक्रराज ट्रपिकल सेन्टर ९टेकु अस्पताल० काठमाडौँबाट जनस्वास्थ्य कार्यालयमा प्राप्त विवरणको आधारमा पनौती नगरपालिका–१२ मा एक जना सङ्क्रमित भएको देखिएपछि सचेतनाको लागि सो अभियान शुरु गरेको पनौती नगरपालिका […]

जिल्ला अस्पतालमा औषधि अभाव

बारा, २३ भदौ । जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ । अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको छ । सेवा नै बन्द गर्नुपर्ने अवस्था […]

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान

डोटी, २३ भदौ । नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ । सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना भएकि केआईसिंह गाउँपालिका ६ भूमिराजमाण्डौकी २२ वर्षीया भावना नाथ योगीलाइ प्रमुख सेनानी खड्काले दुई पिन्ट ए पोजेटिभ रगत दान गरेपछि उनको ज्यान जोगिएको जिल्ला […]

भाइरल ज्वरोले किशोरीको मृत्यु

जाजरकोट, २३ भदौ । जाजरकोटमा भाइरल ज्वरोले एक किशोरीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षिया आशा विकको आज मृत्यु भएको हो । ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साताअघि उपचारका लागि भर्ना भएकी थिइन् । सातासम्म पनि उनको अवस्थामा […]

डेङ्गुबाट कञ्चनपुरमा पाँच प्रभावित

कञ्चनपुर, २३ भदौ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरसबाट कञ्चनपुरमा पाँच जना प्रभावित भएका छन ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार डेङ्गुको भाइरसबाट वेदकोटमा तीन, कृष्णपुर नगरपालिकामा एक र महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका एक गरी पाँच जना प्रभावित भएको पाइएको छ । वेदकोटका तीन जनाको […]

अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु

चितवन, २३ भदौ । यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा […]

दुव्र्यसनी पहिचानमा ‘किट’ प्रभावकारी

बागलुङ, २३ भदौ । लागुपदार्थ सेवन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बेनी नगरपालिका–१ रत्नेचौरका २० वर्षीय प्रवीण सुवेदी र १९ वर्षीय सुजन थापालाई केही दिनअघि नियन्त्रणमा लियो । दुवैले प्रहरीसामु लागुपदार्थ सेवन नगरेको भनेर ढाँटे । प्रहरीले अभिभावककै अघि राखेर केरकार गर्दा पनि लागुऔषध प्रयोग गरेको स्वीकार गर्न उनीहरु तयार देखिएनन् । प्रहरीले तत्कालै […]

डेङ्गु रोग प्रकोपका रुपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन

काठमाडौँ, २२ भदौ । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह गरे । सांसद […]

डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु

मध्यपुरथिमि, २२ भदौ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाहरुका प्रतिनिधिसहितको छलफलमा भएको निर्णयानुसार सो अभियान शुरु गरिएको हो । डेङ्गु रोगबाट बच्न […]