डोटी, २८ भदौ । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो । उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी […]
स्वास्थ्य
डेङ्गु नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग
विराटनगर, २७ भदौ । लामुखुटेृको टोकाइबाट डेङ्गुको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ । तीन वर्ष पहिले भारतको राजधानी दिल्लीमा १७ हजार ५०० मानिस डेङ्गुबाट प्रभावित भएपछि त्यहाँको सरकारले डेङ्गु नियन्त्रण गर्न थालेको अभियानले मूर्त रुप लिएकाले अहिले निकै जनघनत्व रहेको भारतको राजधानी दिल्लीमा दुई हजार ७०० […]
प्रदेश सरकारबाट आठ अस्पताललाई नौ करोड ५० लाख बजेट विनियोजन
हेटौँडा, २७ भदौ । सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले आठ जिल्ला अस्पतालका लागि रु नौ करोड ५० लाख बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले अस्पतालको सेवा विस्तार गरी सुविधासम्पन्न गराउने लक्ष्यसहित सो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । जिल्लाका अस्पतालबाट […]
ज्यूँदै शिशुलाई मृत घोषित
बाँके, २७ भदौ । सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो । अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि […]
सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा
सुरुङ्गा, २१ भदौ । झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो । सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता गराउँदै महिलालाई बचत गर्ने बानीको […]
सिस्नोको पाउडर बनाएर आत्मनिर्भर बन्दै भीमफेदीका स्थानीय
हेटौँडा, २७ भदौ । भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर बिक्री वितरण गरेर आम्दानी गर्न थालेका छन् । बाँदरले अन्नबाली, फलफूल तथा तरकारी बालीसमेत खाएर हैरान भएका किसान बारीका कान्ला तथा वनजङ्गलमा खेर गइरहेकोे सिस्नोको पाउडर बनाएर महङ्गो मूल्यमा बेचेर आम्दानी गरिरहेको गाउँपालिका–६ का अध्यक्ष जाहरसिंह लामाले […]
स्याङ्जामा स्वास्थ्य बीमा प्रभावकारी बन्दै
वालिङ, २७ भदौ । नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम स्याङ्जामा प्रभावकारी बन्दै गएको छ । गत फागुनदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा छ महीनाको अवधिमा हालसम्म स्याङ्जामा ३४ हजार ४०० आबद्ध भएको स्वास्थ्य बीमा बोर्ड स्याङ्जाका दर्ता सहयोगी ध्रुव हमालले बताए। उनका अनुसार गत फागुनबाट शुरु भएको दर्ता कार्य पहिलो चरणमा जेठसम्म १६ […]
डेङ्गु प्रकोपबारे सभामुखद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ, २६ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले हालै मुलुकभर प्रकोपका रुपमा देखिएको डेङ्गुका विषयमा सरकारको ध्यानाकर्षण गराउदैँ यस विषयमा यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिए । प्रतिनिधसभामा केही दिन अगाडिदेखि तथा आजको शून्य समयमासमेत सांसदहरुले डेङ्गु प्रकोपको बारेमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख महराले सरकारको नाममा विशेष रुलिङ गरे । सभामुख महराले […]
इच्छाकामना गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन
मुग्लिन, २६ भदौ । चितवनको इच्छाकामना गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । जिल्लाको विकट मानिएको यो गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन नहुदाँ बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएपछि एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको अनुदानमा रु १० लाख ४७ हजार ३५५ लागतमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताए । “गाउँपालिकाभित्र […]
डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न माग
काठमाडौँ, २५ भदौ । राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले यस्का विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै समयमै पहिचान गर्दा यो रोगबाट मर्नु पर्दैन भन्ने जनचेतना फैलाउन सरकारलाई […]








