मुग्लिन, २६ भदौ । चितवनको इच्छाकामना गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । जिल्लाको विकट मानिएको यो गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन नहुदाँ बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएपछि एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको अनुदानमा रु १० लाख ४७ हजार ३५५ लागतमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताए । “गाउँपालिकाभित्र […]
स्वास्थ्य
डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न माग
काठमाडौँ, २५ भदौ । राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले यस्का विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै समयमै पहिचान गर्दा यो रोगबाट मर्नु पर्दैन भन्ने जनचेतना फैलाउन सरकारलाई […]
सामुदायिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण
मध्यपुरथिमि, २५ भदौ । बिपी नेत्र प्रतिष्ठानले प्रदेश नं ३ अन्तर्गत छ जिल्लाका सामुदायिक विद्यालयमा आँखा परीक्षण अभियान शुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ र मकवानपुरमा सो अभियान शुरु भइसकेको प्रतिष्ठानका तालिम संयोजक राम केसीले जानकारी दिए । अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रम शुरु गरिएको र यसपछि जिल्ला जिल्लामा विद्यालय […]
हात्तीपाइले रोग परीक्षणका लागि विद्यालय सर्भे शुरु
इलाम, २५ भदौ । हात्तीपाइलेको सङ्क्रमण मानिसमा भएको वा नभएको थाहा पाउन यहाँ हात्तीपाइलेको विद्यालयस्तरीय सर्भे शुरु गरिएको छ । हात्तीपाइलेको लक्षण देखा परेपछि नयाँ प्रजातिको हात्तीपाइले रोगका बारेमा जानकारी गर्न सर्भे गर्न लागिएको हो । ‘टान्समिसन सिसमेन्ट सर्भे’ नामक सर्भे यही भदौ २२ गतेबाट इलाम र पाँचथरमा शुरु गरिएको छ । सर्भे विद्यालयस्तरका बालबालिकालाई […]
चौराहा अस्पतालमा डेङ्गुका बिरामीको निःशुल्क परीक्षण
रुपन्देही, २५ भदौ । बुटवलको चौराहा अस्पतालले डेङ्गुका विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले आजदेखि डेङ्गुको लक्षण देखिएका बिरामीको निःशुल्करुपमा स्वास्थ्य परीक्षण शुरु गरेको हो । अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले आर्थिक अभावका कारण कसैले पनि डेङ्गुको परिक्षण गर्न नसक्ने परिस्थिति नआओस् भन्ने उद्देश्यले निःशुल्क परीक्षण गरिएको बताए । एउटा […]
डेङ्गुबारे सचेतना कार्यक्रम शुरु
बनेपा, २५ भदौ । पनौती नगरपालिका स्वास्थ्य शाखाले मङ्गलबार पनौतीको बजार क्षेत्रलगायत विभिन्न ठाउँमा सचेतना कार्यक्रम गरी आम नागरिकलाई डेङ्गु रोगबाट बच्ने उपायसहितका सचेतना कार्यक्रम गरेको छ । शुक्रराज ट्रपिकल सेन्टर ९टेकु अस्पताल० काठमाडौँबाट जनस्वास्थ्य कार्यालयमा प्राप्त विवरणको आधारमा पनौती नगरपालिका–१२ मा एक जना सङ्क्रमित भएको देखिएपछि सचेतनाको लागि सो अभियान शुरु गरेको पनौती नगरपालिका […]
जिल्ला अस्पतालमा औषधि अभाव
बारा, २३ भदौ । जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ । अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको छ । सेवा नै बन्द गर्नुपर्ने अवस्था […]
कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान
डोटी, २३ भदौ । नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ । सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना भएकि केआईसिंह गाउँपालिका ६ भूमिराजमाण्डौकी २२ वर्षीया भावना नाथ योगीलाइ प्रमुख सेनानी खड्काले दुई पिन्ट ए पोजेटिभ रगत दान गरेपछि उनको ज्यान जोगिएको जिल्ला […]
भाइरल ज्वरोले किशोरीको मृत्यु
जाजरकोट, २३ भदौ । जाजरकोटमा भाइरल ज्वरोले एक किशोरीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षिया आशा विकको आज मृत्यु भएको हो । ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साताअघि उपचारका लागि भर्ना भएकी थिइन् । सातासम्म पनि उनको अवस्थामा […]
डेङ्गुबाट कञ्चनपुरमा पाँच प्रभावित
कञ्चनपुर, २३ भदौ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरसबाट कञ्चनपुरमा पाँच जना प्रभावित भएका छन ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार डेङ्गुको भाइरसबाट वेदकोटमा तीन, कृष्णपुर नगरपालिकामा एक र महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका एक गरी पाँच जना प्रभावित भएको पाइएको छ । वेदकोटका तीन जनाको […]









