विराटनगरस्थित प्रदेशिक अस्पताल सर्पले डसेका बिरामीको चाप बढ्यो

विराटनगर, ८ साउन । विराटनगरस्थित प्रदेशिक अस्पताल ९कोशी०मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो । सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको सो अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले बताए। गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले […]

जडीबुटी उत्पादनमा लगानी बढ्दै

बलेवा, ८ साउन । तराखोला गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय बागलुङको रु २० लाख अनुदान र सहकारीको रु छ लाख गरी २६ लाखको लगानीमा जडीबुटी खेती विस्तार तथा भण्डारण शुरु भएको कार्यालयका नायब सुब्बा नारायणराज सापकोटाले जानकारी दिए । सहकारीका […]

बागलुङमै थाइराइड परीक्षण शुरु, बिरामीलाई राहत

बागलुङ, ८ साउन । थाइराइड जाँचको लागि रगतको नमूना पोखरा पठाउनुपर्ने बागलुङवासीको बाध्यता अब हटेको छ । धौलागिरि अञ्चल अस्पतालले मङ्गलबारदेखि थाइराइड परीक्षण तथा उपचार सेवा शुरु गरेको छ । थाइराइड सेवाको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा शुभारम्भ गरे । बागलुङ नगरपालिका–४ कि विष्णु सापकोटाले प्रयोगशालाबाट पहिलो सेवा […]

उपकुलपति होस् कि पदाधिकारी होस्, दोषी देखिए कसैलाई पनि छाडिन्न- प्रधानमन्त्री ओली

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्न चेतावनी दिएका छन् । राजनीतिको मैदान नबनाउन आग्रह गर्दै उनले प्रतिष्ठान बिगार्न उद्धत जोकोही भएपनि नछाड्ने चेतावनी दिएका हुन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिष्ठानको तेस्रो सभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने होइन । […]

८० हजार छुट गर्ने सहमति पछि विराटनगरको नर्सिङ होममा बिरामीको मृत्युपछिको प्रदर्शन रोकियो

७ साउन, विराटनगर । शल्यक्रिया गरिएकी एक महिलाको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा मंगलबार प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण अस्पताल केही बेर तनावग्रस्त बनेको थियो । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिइएको छ । सुनसरीको बर्जु गाउँपालिका–१ की ३५ वर्षीय सुलोचनादेवी कामतको उपचारका क्रममा मृत्यु भएको अस्पतालले […]

नगर अस्पताल निर्माण गर्दै कामपा

काठमाडौँ, ७ साउन । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल बनाउने योजना बनाएको छ । न्यूनतम शुल्कमा नगरवासीलाई सबैखाले स्वास्थ्य सेवा दिने उद्देश्यले नगर अस्पताल निर्माणको योजना बनाइएको महानगरले जनाएको छ । आफूहरूले तिरेको करबापत कामपाले स्वास्थ्य सेवा दिनुपर्ने माग नगरवासीले गर्दै आएका थिए । महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति […]

पर्बतमा प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

पर्वत, ७ साउन । पर्वत जिल्लाको विकट गाउँमा एक दशक पहिले स्थापना गरिएको टेलिमेडिसिन सेन्टरमा दिइने स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । फलेवास नगरपालिका–८ ठानामौला गाउँमा २०६६ देखि सञ्चालनमा आएको टेलिमेडिसन सेन्टरमा स्वास्थ्य सेवा प्रभावकारी भएपछि बिरामीको भीड लाग्न थालेको हो । स्थानीय चार भञ्ज्याङ सेवा केन्द्रले टेलिमेडिसिन सेवा सञ्चालन गरेको यस सेन्टरमा इन्टरनेटको […]

क्यान्सरपीडित तारामायालाई झापाली समाजको सहयोग

भद्रपुर, ७ असार । झापाको हल्दिबारी–३ की तारामाया गुरुङ पाठेघरको क्यान्सरले पीडित भएपछि वैदेशिक रोाजगारीबाट घर फर्किएकी छिन् । पाँच वर्षदेखि वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा रहेकी गुरुङ यही असारको अन्तिम साता घर फर्किएकी हुन् । कम्पनीमा काम गरिरहेकै अवस्थामा क्यान्सरले पीडित भएपछि उनलाई नेपाली राजदूतावासको पहलमा दुबईमा एक वर्ष उपचार गरिएको झापाली […]

चकलेट, कफी, आलुबिनाको जीवन कति सम्भव छ ?

जलवायु परिवर्तन कम नभए हामीले हाम्रा केही प्रिय खाना तथा पेयलाई बिर्सनुपर्ने हुनसक्छ। जब तापक्रम र मौसमी लय बदलिन्छन्, बाली राम्ररी उब्जाउ हुँदैन भने माछा र जनावरहरू मर्न सक्छन्। त्यसैले भविष्यमा तपाईंको खाना खाने टेबलमा के नहुन सक्छन् र किन? कफी र चिया सबेरैको चुस्कीमा चिया होस् या कफी आनन्दले पिउनुस्। किनकि कुराहरू खासै सुखद् […]

ने–कोर्यो अस्पताल बन्द गर्न निर्देशन

दमौली, ६ साउन । तनहुँ जिल्ला प्रशासन कार्यालयले दमौली बजारमा सञ्चालित ने–कोर्यो अस्पताल बन्द गर्न निर्देशन दिएको छ । अस्पतालमा कार्यरत चार चिकित्सकको अनुमतिपत्रको म्याद सकिएकाले प्रशासन कार्यालयले अनुमतिपत्र नवीकरण नभएसम्मका लागि उक्त अस्पताल नखोल्न निर्देशन दिएको हो । अस्पतालमा कार्यरत चार विदेशी चिकित्सककोे नेपाल मेडिकल काउन्सिलबाट जारी अनुमतिपत्रको म्याद सकिएकाले सेवा बन्द गर्न निर्देशन […]