डेङ्गुका बिरामी ११ पुगे

दमौली, १९ भदौ । तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आज मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखियो […]

डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो

हेटौँडा, १९ भदौ । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन । सो अवसरमा उनले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिएका थिए ।मन्त्री दुलालले हेटौँडा अस्पताल अहिले प्रविधियुक्त भएको र प्रविधिका कारणले बिरामीको ल्याब रिपोर्ट आफ्नै मोबाइलमा आउनेदेखि […]

एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरो

जलेश्वर, १९ भदौ । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताए । उनका अनुसार १३५ […]

बालबालिकामा बढ्दैछ न्यून दृष्टिको समस्या

बनियानी, १८ भदौ । बिर्तामोड नगरपालिका–३ की ७ वर्षीया बालिका सहाना न्यौपाने टाढाको अक्षर राम्रोसँग ठम्याउन सक्दिनन् । कक्षा–२ मा अध्ययनरत सहानालाई शिक्षकले कालोपाटीमा लेखेको अक्षर चिन्न मुश्किल पर्छ । कारण हो, न्यून दृष्टिको समस्या । उनलाई कलिलै उमेरमा मोबाइलमा ‘गेम’ खेल्ने लत बस्यो । परिणामतः उनको आँखाको ज्योति कम भयो । उनले अहिले माइनस […]

डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु

मध्यपुरथिमि, १८ भदौ । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ । नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो । नगर प्रमुख बासुदेव थापाले डेङ्गु रोग नियन्त्रणका लागि प्रयास जारी […]

आयुर्वेद उपचारमा आकर्षण बढ्दै

विराटनगर, १८ भदौ । पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन् । एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ । जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएको थिए । जसमा नयाँ बिरामीको सङ्ख्या दुई हजार […]

रगतको रिपोर्ट दुई घण्टामै

चितवन, १७ भदौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षणपछि रिपोर्टका लागि अब लामो सयमसम्म कुर्न नपर्ने भएको छ । हरेक दुई घण्टामा नियमित रगतको रिपोर्ट दिइने व्यवस्था मिलाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसअघि बिहान र बेलुका मात्र रिपोर्ट दिने व्यवस्था थियो । बेलुकाको बिहान र बिहानको बेलुका रिपोर्ट […]

विशेषज्ञ सेवासहित अस्पताल सञ्चालनको तयारी

फिक्कल, १७ भदौ । इलाममा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल सञ्चालनको तयारी गरिएको छ । एक मात्र सरकारी जिल्ला अस्पताल रहेको इलाममा निजी क्षेत्रबाट अस्पताल सञ्चालनको तयारी गरिएको हो । युवा व्यवसायी प्रकाश चापागाईँको पहलमा सञ्चालन हुने अस्पताल विशेषज्ञ सेवासहित आइसीयुलगायत अत्यावश्यक सेवा प्रदान गर्ने बताइएको छ । यस विषयमा सरोकारवालासँग छलफल गरी दर्ताका लागि पहल […]

रत्नेचौरको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र स्थापना

म्याग्दी, १७ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र बर्थिङ सेन्टर स्थापना गरिएको छ । गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिकरूपमा विपन्न समुदायका गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष टेकबहादुर रावलले बताए। “मातृ शिशु […]

कर्मचारीको हस्ताक्षर अभियान, क्यान्सर अस्पतालमा पदाधिकारी प्रवेश निषेध

भक्तपुर, १६ भदौ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताको आरोपी पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन् । देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो । अस्पतालमा आज […]