चितवन, २३ भदौ । यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा […]
स्वास्थ्य
दुव्र्यसनी पहिचानमा ‘किट’ प्रभावकारी
बागलुङ, २३ भदौ । लागुपदार्थ सेवन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बेनी नगरपालिका–१ रत्नेचौरका २० वर्षीय प्रवीण सुवेदी र १९ वर्षीय सुजन थापालाई केही दिनअघि नियन्त्रणमा लियो । दुवैले प्रहरीसामु लागुपदार्थ सेवन नगरेको भनेर ढाँटे । प्रहरीले अभिभावककै अघि राखेर केरकार गर्दा पनि लागुऔषध प्रयोग गरेको स्वीकार गर्न उनीहरु तयार देखिएनन् । प्रहरीले तत्कालै […]
डेङ्गु रोग प्रकोपका रुपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन
काठमाडौँ, २२ भदौ । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह गरे । सांसद […]
डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु
मध्यपुरथिमि, २२ भदौ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाहरुका प्रतिनिधिसहितको छलफलमा भएको निर्णयानुसार सो अभियान शुरु गरिएको हो । डेङ्गु रोगबाट बच्न […]
सहुलियेतमा आयुर्वेदिक स्वास्थ्य सेवा उपचार केन्द्र खोलिने
भदौ २२, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १६ ले ईलाननीमा स्थानीयबासीलाइ सहुलियतमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उदेश्यले दिर्घकालिन “ईलाननी फिजियोथेरापी केन्द्र” सन्चालन गर्ने गरि रचना आर्युवेद तथा हाडजोर्नी नशा उपचार केन्द्रसंग सम्झौता पत्रमा हस्ताक्षर भएको छ। आयुर्वेद पद्दति बाट हाडजोर्नी ,नशा रोग ,फिजियोथेरापी तथा आयुर्वेद उपचार स्वास्थ्य केन्द्रको घोषणा गर्दै पाँचवर्षसम्म रचना आर्युवेद […]
डेङ्गुका बिरामी बढेसँगै रगतको अभाव
चितवन, २१ भदौ । डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पु¥याउन कठिन भएको हो । अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको बताउँदै उहाँले केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जानकारी […]
सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन
मिक्लाजुङ, २१ भदौ । पाँचथरको दक्षिणी भेग कुम्मायक गाउँपालिका–१ साबिक यासोकको विकट गाउँखाल्लेमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि नागरिक हर्षित भएका छन् । सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरिएपछि हर्षित भएका हुन् । निर्माण गरिएको भवनको शुक्रबार उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले वडाकै दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माणपछि त्यस भेगका अढाई सय […]
डेङ्गुविरुद्ध अभियान : खोज र नष्ट गर
बागलुङ २१ भदौ । डेङ्गुको सङ्क्रमण फैलन नदिन यहाँ ‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ । जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि सरोकार भएका पक्षले उच्च सतर्कता अपनाएका हुन् । स्वास्थ्य कार्यालय बागलुङका अनुसार शुक्रबार सदरमुकामभित्र लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम भएको छ । खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको पानी […]
महामारीको रुप लिदै डेङ्गु, धमाधम बिरामी थपिदैँ
बेझाड, २१ भदौ । पाल्पामा साउनबाट यता हालसम्म डेङ्गुका पाँच बिरामी देखा परेका छन् । साउनमा दुई बिरामी फेला परेकोमा भदौमा तीन बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए । तानसेन नगरपालिकाभित्र साउनको २६ गते ३७ वर्षीय र २४ गते ६१ वर्षीया महिलामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौको दोस्रो हप्ता […]
अस्पतालमा औषधि अभाव, हजारौ विरामि प्रभावित
जाजरकोट, २१ भदौ । नलगाड नगरपालिका–६ का सुदाम खड्का जाजरकोट अस्पतालमा खुट्टामा लागेको घाउको उपचार गर्न आए पनि औषधि नपाएको गुनासो गरे । जिल्ला अस्पतालको फार्मेसीमा औषधि नपाउँदा निजी मेडिकलमा गएर औषधि किन्न बाध्य भएको उनले सुनाए । उनले स्वास्थ्य बीमा गरेका छन्, तर अस्पतालको फार्मेसीमा नपाउँदा बाहिर गएर औषधि खरीद गर्न बाध्य भएको बताए […]









