डेङ्गुका बिरामी बढेसँगै रगतको अभाव

चितवन, २१ भदौ । डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पु¥याउन कठिन भएको हो । अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको बताउँदै उहाँले केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जानकारी […]

सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

मिक्लाजुङ, २१ भदौ । पाँचथरको दक्षिणी भेग कुम्मायक गाउँपालिका–१ साबिक यासोकको विकट गाउँखाल्लेमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि नागरिक हर्षित भएका छन् । सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरिएपछि हर्षित भएका हुन् । निर्माण गरिएको भवनको शुक्रबार उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले वडाकै दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माणपछि त्यस भेगका अढाई सय […]

डेङ्गुविरुद्ध अभियान : खोज र नष्ट गर

बागलुङ २१ भदौ । डेङ्गुको सङ्क्रमण फैलन नदिन यहाँ ‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ । जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि सरोकार भएका पक्षले उच्च सतर्कता अपनाएका हुन् । स्वास्थ्य कार्यालय बागलुङका अनुसार शुक्रबार सदरमुकामभित्र लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम भएको छ । खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको पानी […]

महामारीको रुप लिदै डेङ्गु, धमाधम बिरामी थपिदैँ

बेझाड, २१ भदौ । पाल्पामा साउनबाट यता हालसम्म डेङ्गुका पाँच बिरामी देखा परेका छन् । साउनमा दुई बिरामी फेला परेकोमा भदौमा तीन बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए । तानसेन नगरपालिकाभित्र साउनको २६ गते ३७ वर्षीय र २४ गते ६१ वर्षीया महिलामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौको दोस्रो हप्ता […]

अस्पतालमा औषधि अभाव, हजारौ विरामि प्रभावित

जाजरकोट, २१ भदौ । नलगाड नगरपालिका–६ का सुदाम खड्का जाजरकोट अस्पतालमा खुट्टामा लागेको घाउको उपचार गर्न आए पनि औषधि नपाएको गुनासो गरे । जिल्ला अस्पतालको फार्मेसीमा औषधि नपाउँदा निजी मेडिकलमा गएर औषधि किन्न बाध्य भएको उनले सुनाए । उनले स्वास्थ्य बीमा गरेका छन्, तर अस्पतालको फार्मेसीमा नपाउँदा बाहिर गएर औषधि खरीद गर्न बाध्य भएको बताए […]

नेपालमा डेङ्गुबाट चारको मृत्यु भएको पुष्टि

काठमाडौँ, २० भदौ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेङ्गु सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको जनाएको छ । गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो । महाशाखा प्रमुख डा विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित छ करोड १७ लाख खर्च पठाइएको जानकारी दिए । आज यहाँ आयोजित […]

डेङ्गु रोगी बढे, कसरी गर्ने रोकथाम

पोखरा, २० भदौ । कास्कीमा डेङ्गुका बिरामी बढेका छन् । कास्कीमा बिहीबारसम्ममा ६४९ डेङ्गु रोगबाट पीडित भएका छन् । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा १८, तनहुँमा १० र पर्वतमा दुई जना रोगी देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखराका विभिन्न अस्पतालका साथै कतिपयको घरमा चिकित्सकको निगरानीमा उपचार भइरहेको सो निर्देशनालयका चिकित्सक भोजराज गौतमले जानकारी […]

मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समावेश

काठमाडौँ, २० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य सेवामा समावेश गराएको छ । मानसिक स्वास्थ्यको चिकित्सकीय पक्ष र परामर्श दुवै क्षेत्रलाई पहिलोपटक आधारभूत सेवामा समावेश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपचारात्मक महाशाखाका प्रमुख चिकित्सक तारा पोखरेलले मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था कोसिस र स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित […]

रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण

रुपन्देही, २० भदौ । रुपन्देहीमा ६२ जनामा डेङ्गुुको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेङ्गुु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, भीम अस्पताललगायतका अस्पतालमा आएका बिरामीको परिक्षणका क्रममा डेङ्गुुको सङ्क्रमण देखिएको हो । पछिल्लो […]

डेङ्गुका बिरामी ११ पुगे

दमौली, १९ भदौ । तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आज मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखियो […]