रगतको रिपोर्ट दुई घण्टामै

चितवन, १७ भदौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षणपछि रिपोर्टका लागि अब लामो सयमसम्म कुर्न नपर्ने भएको छ । हरेक दुई घण्टामा नियमित रगतको रिपोर्ट दिइने व्यवस्था मिलाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसअघि बिहान र बेलुका मात्र रिपोर्ट दिने व्यवस्था थियो । बेलुकाको बिहान र बिहानको बेलुका रिपोर्ट […]

विशेषज्ञ सेवासहित अस्पताल सञ्चालनको तयारी

फिक्कल, १७ भदौ । इलाममा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल सञ्चालनको तयारी गरिएको छ । एक मात्र सरकारी जिल्ला अस्पताल रहेको इलाममा निजी क्षेत्रबाट अस्पताल सञ्चालनको तयारी गरिएको हो । युवा व्यवसायी प्रकाश चापागाईँको पहलमा सञ्चालन हुने अस्पताल विशेषज्ञ सेवासहित आइसीयुलगायत अत्यावश्यक सेवा प्रदान गर्ने बताइएको छ । यस विषयमा सरोकारवालासँग छलफल गरी दर्ताका लागि पहल […]

रत्नेचौरको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र स्थापना

म्याग्दी, १७ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र बर्थिङ सेन्टर स्थापना गरिएको छ । गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिकरूपमा विपन्न समुदायका गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष टेकबहादुर रावलले बताए। “मातृ शिशु […]

कर्मचारीको हस्ताक्षर अभियान, क्यान्सर अस्पतालमा पदाधिकारी प्रवेश निषेध

भक्तपुर, १६ भदौ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताको आरोपी पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन् । देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो । अस्पतालमा आज […]

सुविधा भएकै ठाउँमा मात्र स्वास्थ्य सेवा

जाजरकोट, १६ भदौ । भौगोलिक रूपमा जाजरकोट सानो भए पनि पहाडी भू–बनोटका कारण यहाँका बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा पाउन कठिन भएको छ ।जिल्लालाई सात स्थानीय तहमा विभाजन गरे पनि जाजरकोटवासीको स्वास्थ्य सेवामा पहुँच भने अति न्यून छ । जिल्लामा ५० शय्याको एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य चौकी छन् । त्यस्तै […]

सामुदायिक विद्यालयमा आँखा परीक्षण जाँच हुने

विराटनगर, १५ भदौ । विराटनगर आँखा अस्पतालले नगरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टिदोष हटाउन आजदेखि सम्पूर्ण सुविधायुक्त ‘भिजन भ्यान’ गाडीभित्र नै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । अरविश इन्टरनेशनलले रिच प्रोग्रामअन्तर्गत रु ३२ लाख ७२ हजार र नेपाल नेत्र ज्योति सङ्घ मोरङको रु १० लाख गरी रु ४२ लाख ७२ हजारको उक्त भ्यानमा विद्यालयका सम्पूर्ण […]

डेङ्गुु रोकथामका लागि अभियान सुरु

डोटी, १५ भदौ । पहिलो पटक डेङ्गुु रोगका कारण जिल्लामा एकको हालै मृत्यु भएपछि आजदेखि त्यसको रोकथामका लागि पहल थालिएको छ । उक्त अभियानका क्रममा जिल्लाका सरोकारवालाको संयुक्त टोलीले डेङ्गुुका बारेमा जानकारी गराउनाका साथै डेङ्गुु सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थान खोजी र नष्ट गर्न थालिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने […]

भक्तपुर जिल्लामा १२ जनामा डेङ्गु

भक्तपुर, १५ भदौ । देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिए । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो […]

स्वास्थ्य शिविरबाट ८०० लाभान्वित

दमौली, १५ भदौ । तनहँुको व्यास नगरपालिका–११ शेरामा शनिबार आयोजित स्वास्थ्य शिविरबाट ८०० सर्वसाधारण लाभान्वित भएका छन् । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आयोजना र काठमाडौँस्थित ओम अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट मुटु, मधुमेह, हाडजोर्नी, नाक, कान, घाँटी, बालबालिका र महिलासम्बन्धी रोगको उपचार सेवाबाट ८०० सर्वसाधारण लाभान्वित भएका हुन् । सामाजिक […]

शेरामा स्वास्थ्य शिविरबाट ८०० लाभान्वित

दमौली, १५ भदौ । तनहुँको व्यास नगरपालिका–११ शेरामा शनिबार आयोजित स्वास्थ्य शिविरबाट ८०० सर्वसाधारण लाभान्वित भएका छन् । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आयोजना र काठमाडौँस्थित ओम अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट मुटु, मधुमेह, हाडजोर्नी, नाक, कान, घाँटी, बालबालिका र महिलासम्बन्धी रोगको उपचार सेवाबाट ८०० सर्वसाधारण लाभान्वित भएका हुन् । सामाजिक […]