मुग्लिन, १४ भदौ । चितवनको इच्छाकामना–४ कुरिनटारमा रहेको ट्रमा सेन्टर सञ्चालनका लागि इच्छाकामना गाउँपालिकले आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले आव २०७६÷७७ देखि मासिक ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । डेढ वर्षअघि अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण […]
स्वास्थ्य
तलब बढाएपछि आन्दोलन स्थगित
काभ्रेपलाञ्चोक, १४ भदौ । अस्पताल प्रशासनले खाइपाइ आएको मासिक तलबमा वृद्धि गरी महँगीभत्ता दिने सहमति भएपछि बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारीले एक महीनादेखिको आन्दोलन स्थगित गरेका छन् । अस्पतालका कर्मचारीले पाउँदै आएको सेवा–सुविधाबाट वञ्चित गराई श्रमशोषण गरेको जनाउँदै गत साउन १६ गतेदेखि आफ्ना मागसहित कर्मचारी आलोपालो गरी धर्नामा बसेर अस्पतालको प्रशासन कार्यालय घेराउ […]
यातायात खर्चबाट सुत्केरी वञ्चित
दमौली, १४ भदौ । तनहँुको दमौलीस्थित सरकारी अस्पतालमा सुत्केरी गराएका महिला यातायात खर्च पाउनबाट वञ्चित भएका छन् । गत आर्थिक वर्ष २०७५/७६ मा अस्पतालमा सुत्केरी गराएका २३ महिला यातायात खर्चबापतको रकम पाउनबाट वञ्चित भएका हुन् । सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत सरकारले रु दुई हजार र नियमित चार पटक गर्भ परीक्षण […]
नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब
बाजुरा, १२ भदौ । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्र्ष २०७५÷७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग […]
विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम
बझाङ, १२ भदौ । छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ । छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ । छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भनिन, “महीनावारी भएका कारणले स्कूल नआउने दिनको अन्त्य भएको […]
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने
काठमाडौँ, १२ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सो अञ्चल अस्पताल सङ्घीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५ पुस २३ गतेको बैठकले राजविराजमा सो प्रतिष्ठान स्थापना गर्ने र गजेन्द्रनारायण अस्पताललाई […]
बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया
पोखरा, ११ भदौ । नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई मुख्य सेवा क्षेत्र बनाएको अस्पतालबाट दैनिक ५०० बिरामीले आँखाको उपचार सेवा लिँदै आएका छन् । अघिल्लो […]
भाइरल ज्वरोका बिरामी ७० प्रतिशतले बढे
कञ्चनपुर, ११ भदौ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो । साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शुरु भएको बताइएको छ । अस्पतालका सूचना अधिकारी केशव अवस्थीले भने “हालसम्म भाइरलका […]
स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना हुने भएपछि खुशीयाली
परासी, ११ भदौ । नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल […]
२१ औँ शताब्दीको महिला अधिकारलाई चुनौती, रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य
घोडाघोडी, १० भदौ । आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् । त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन् । प्रसूतिको समय नजिकिएपछि महिलालाई स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यकर्तासमक्ष पु¥याउनुपर्नेमा गाईवस्तु अन्यत्र सारेर गोठतिर लैजाने […]











