इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु

जेनेभा, ७ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ । डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको […]

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि सेवा लिने बढे

पाल्पा, ६ भदौ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढी आउन थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महीनाअघि देखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामी पछिल्लो समय बढेको पाइएको छ । दैनिक २०÷२२ जना आँखा उपचारका लागि आउने गरेकामा बीमा कार्यक्रम शुरु गरेपछि हाल ६० को […]

मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय: उपप्रधानमन्त्री यादव

काठमाडौँ, ६ भदौ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन सरकारले उच्च प्राथमिता दिएको बताए ।“स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ”, उनले […]

मौसम बदलिएसँगै पखालाको सङ्क्रमण

गलेश्वर, ६ भदौ । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ । मौसम बदलिएसँगै पानीको मुहानमा फोहर मिसिएका कारण पखालाको सङ्क्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ ।वर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहर मिसिएकाले पखालाको सङ्क्रमण फैलिएकोे बेनी अस्पतालका डाक्टर नवराज बास्ताकोटीले जानकारी दिए। ल्याब परीक्षण गर्दा […]

अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको महत्वपूर्ण भूमिका

विराटनगर, ५ भदौ । अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको सेवा उल्लेखनीय भएको सरोकारवालाहरूले बताएका छन् । सामाजिक विकास मन्त्रालय, नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय उपचार केन्द्र र विराटनगर आँखा अस्पतालद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘आँखा, कान तथा पुनस्र्थापना ः वर्तमान स्थिति र भविष्यका रणनीति’ सम्बन्धी एकदिने गोष्ठी शुभारम्भका सो कुरा बताइएको हो । प्रदेश […]

एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो

चितवन, ५ भदौ । जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ । भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । तीमध्ये पाँच जना बच्चामा सङ्क्रमण देखिए पनि ८६ जनामा भने सङ्क्रमण भेटिएको छैन । एक जना आमाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् । भरतपुर अस्पतालमा रहेको एन्टीरेट्रो […]

सञ्चालन हुन सकेन ‘सुरेश वाग्ले स्मृति केन्द्र’

काठमाडौँ, ५ भदौ । चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै तयारी शुरु गरेको छैन । केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने मुख्य पक्ष आर्थिक स्रोतका साथमा आवश्यक जनशक्ति, उपकरणको प्रबन्ध मिलाउन मन्त्रालयले हालसम्म गृहकार्य नगरेको हो । केन्द्र सञ्चालन गर्न प्रशस्त विद्युत आवश्यक पर्छ । […]

एक महीनामा १०६ मा डेङ्गु

चितवन, ५ भदौ । साउन महीनामा जिल्लामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं […]

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव

धरान, ४ भदौ । यहाँस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव भएको छ । प्रतिष्ठानको एक हजार ६०० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट बिग्रिएर काम नगरेपछि अक्सिजन अभाव भएको हो । बाहिरबाट सिलिण्डर किनेर ल्याइँदै आए पनि पर्याप्त नआएपछि अभाव भएको चिकित्सकले बताएका छन् । अक्सिजन निर्यात गर्दै आएको कम्पनीले पर्याप्त निर्यात […]

२० ब्राण्डका पानीको पिएच परीक्षण

भद्रपुर, ४ भदौ । झापामा उत्पादन हुने पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीको पिएचको मात्र परीक्षण गरेको छ । मङ्गलबार बिर्तामोडमा ‘पिउने पानीको गुणस्तर अवस्था र नियमनको आवश्यकता’ विषयमा भएको कार्यशालास्थलमै विभिन्न २० ब्राण्डका पानीको नमूना सङ्कलन गरी पानीको नमूनाको पिएच परीक्षण गरिएको हो । परीक्षणमा बिर्तामोडबाटै उत्पादित शाश्वत, लाइफ केयर, सुरुङ्गाबाट उत्पादित […]