प्रदेशिक अस्पतालमा ज्वरोका बिरामीको चाप

विराटनगर, १० भदौ । विराटनगरस्थित प्रदेशिक अस्पताल कोशी को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा सङ्ज्ञा ज्ञवालीले बताए। अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । भाइरल ज्वरो आउँदा शरीर तातो हुने, धेरै ज्वरो आउने, टाउको र शरीर दुख्ने […]

सुविधाको गाडी चढ्ने रकम एम्बुलेन्स व्यवस्थापनमा

गाईघाट, १० भदौ । उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गरे ।नगरपालिकामा नयाँ गाडी नभएको र पुरानो गाडी पनि काम नलाग्ने भइसकेको अवस्थामा उपप्रमुख भीमकुमारी राउतका लागि नगरपालिकाले नयाँ गाडी किन्न रु ४० लाख विनियोजन गरेको थियो । सो रकम आफ््नो सुविधाका लागि […]

तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

काभ्रेपलाञ्चोक, १० भदौ । पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् ।आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि […]

‘दाङमा सर्पदंशको उपचार नहुदा भारतकै भर पर्नुपर्ने बाध्यता

घोराही, ९ भदौ । गत साउनको अन्तिमसाता राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकैपरिवारका दुई बालिकाको मृत्यु भएको थियो ।राजपुर गाउँपालिका–७ भौवानाका शेरबहादुर सार्कीका १३ वर्षीया करिश्मा सार्की र ११ वर्षीय सुजु सार्कीलाई गत महीना राति सर्पले टोकेपछि उपचारका लागि भारतमा लैजाँदै गर्दा बाटोमा निधन भएको हो । समयमै उपचार नपाएका कारण दुई बहिनीको सर्पदंशका कारण […]

घरमै सुत्केरी हुने परम्परा तोड्दै महिला

डोटी, ९ भदौ । घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै डोटीको ग्रामीण भेगका गर्भवती हिजोआज सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले डोटीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङ्ख्या बढ्ेको जिल्ला अस्पताल डोटीका डा गिरिश अवस्थीले बताए । उनले भने “ पूर्ण संस्थागत […]

निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनका लागि कानून निर्माणमा जोड

काठमाडौँ, ९ भदौ । आवश्यक कानून समयमै बन्न नसक्दा संविधानले व्यवस्था गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको सरोकारवाला निकायका जानकारहरुले बताए । प्रजनन स्वास्थ्य अधिकार विषयमा कार्यरत संस्था ‘महिला, कानून र विकास मञ्च’ एफडब्लुएलडी र ‘आइपास नेपाल’ले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्र्रियामा उनिहरुले कानूनी अभावमा महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै […]

स्याङ्जामा डेङ्गुका एक बिरामी

वालिङ, ९ भदौ । स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।उक्त कार्यालयका सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार पुतलीबजार नगरपालिका– २ का ३२ वर्षीय एक पुरुषमा डेङ्गु फेला परेको थियोे । गत बिहीबार […]

कार्यालय सहयोगीका भरमा फार्मेसी सञ्चालन

पर्शुरामधाम, ९ भदौ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि बिक्री वितरण गर्न लगाइएको छ ।अस्पतालले सञ्चालन गरेको उक्त फार्मेसीमा कार्यालय सहयोगीले औषधि बिक्री गरिरहेका छन् । दक्ष प्राविधिक कर्मचारीले मात्रै फार्मेसीबाट औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि यहाँका कर्मचारीको लापर्वाहीले फार्मेसीमा कार्यालय सहयोगीले औषधि दिइरहेका छन् […]

उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो

अछाम, ९ भदौ । चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३।४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो । एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै […]

स्वास्थकर्मी सहितको एम्बुलेन्स सञ्चालन

मुग्लिन, ९ भदौ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालीम शिक्षालय कुरिनटार चितवनले स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नेपाल एम्बुलेन्स सर्भिस एनएसको को सहकार्यमा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि आइतबारदेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । उक्त एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मी साथमा रहने नेपाल एम्बुलेन्स सर्भिसका महासचिव शारदाभक्त रञ्जितले बताए। एम्बुलेन्सभित्रै अत्यावश्यक […]