अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा

खोटाङ, १५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो । तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत […]

औषधि छ तर स्वास्थ्यकर्मी छैन

हुम्ला, १४ चैत । जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ । सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक दिन […]

रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प

रामपुर, ११ चैत । पाल्पाको रामपुर अस्पतालमा चिकित्सक अभावमा विशेषज्ञ सेवा ठप्प रहेको छ । पाल्पासँगै स्याङ्जा, तनहुँ, र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा विशेषज्ञ सेवाका लागि नौ जनाको दरबन्दी भए पनि रिक्त रहेको छ । चिकित्सक मात्रै नभइ अस्पतालमा प्रशासकीय कर्मचारीसमेत नहुँदा समस्या छ । अस्पतालमा एक सुब्बा, लेखापाल र एक खरिदारको दरबन्दीसमेत […]

क्षयरोगसम्बन्धी स्वास्थ्य सर्वेक्षण शिविर शुरु

भद्रपुर, १० चैत । मेचीनगर नगरपालिका–९ स्थित फारामटोलका १५ वर्षमाथिका सबैको क्षयरोग जाँच शुरु गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य प्रिभ्यालेन्स सर्वेक्षण अन्तर्गत आजदेखि क्षयरोग सम्बन्धी जाँच शुरु गरेको हो । वडा अध्यक्ष गोपाल खड्काका अनुसार, यस टोलमा १५ वर्षमाथिका ६०६ जना रहेका छन् । ती सबैजनालाई क्षयरोगको जाँच गर्न शिविरको […]

ग्रामीण स्वास्थ्यकर्मीहरुको राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, ७ चैत । दशौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन यही चैत ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्ष्टिच्यूटद्वारा हरेक वर्ष आयोजना हुने सो सम्मेलनमा सातै प्रदेशबाट १२५ जना स्वास्थ्यकर्मीको सहभागिता रहने छ । ग्रामीण क्षेत्रका प्रभाव भैराखेका स्वास्थ्य सेवाका अवस्था, चुनौती र समाधानका उपायबारे छलफल, […]

हाडे रोगको प्रकोप बढ्यो

सोलुखुम्बु, ७ चैत । सल्लेरीका जाङ्बु शेर्पाकी चार वर्षकी छोरी डोमा शेर्पालाई केही दिन अगाडि मम्सअर्थात् हाडे रोगले सतायो । डोमालाई जस्तै माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल एलकेजीमा पढ्दै गरेका आङफुरी तामाङलाई पनि उस्तै पीडा भयो । पछिल्लो समयमा डोमा र आङफुरीलाई मात्र होइन सल्लेरी वसन्त बजार क्षेत्रका अन्य थुप्रै केटाकेटीदेखि युवायुवतीलाई समेत यसको सङ्क्रमण […]

दुबै मृगौला फेल भएपछि विद्यार्थी नेता मल्ल आइसियुमा

काठमाडौं । अखिल क्रान्तिकारीका पूर्व नेता केबी मल्ल गम्भीर विरामी भएका छन् । दुबै मृगौला कमजोर भएपछि मल्ललाई आइसियुमा राखिएको छ । जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय […]

आँखा शिविरमा १०२ को शल्यक्रिया

डोटी, ३ चैत । नेपाल चेम्बर अफ कमर्श डोटी शाखाले  आयोजना गरेकोे आँखाको निःशुल्क शल्यक्रिया शिविरमा  १०२ लाभान्वित भएका छन् । यही चैत १ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने उक्त  शिविरमा दुई दिनमै १०२ जनाको शल्यक्रिया  गरिएको आयोजक संस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए । उहाँका अनुसार गत फागुन १७ देखि २७ गतेसम्म सञ्चालित निःशुल्क […]

अध्यक्ष दाहाल आज अमेरिका जाँदै

काठमाडौँ, ३ चैत  ः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आज साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र […]

विषाक्त मदिरा सेवन गर्दा छ जनाको मृत्यु

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गरेकाले बाबु—छोरासहित छ जनाको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यमा भएको सो घटनासँग जोडिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरूले मङ्गलबार जनाएका छन् । उनीहरूका अनुसार घटनास्थलमा २० जनाको प्रहरी टोली खटाइएको छ । सो टोलीले ७५ वटा भाडामा रहेको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले […]