भदौ २२, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १६ ले ईलाननीमा स्थानीयबासीलाइ सहुलियतमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उदेश्यले दिर्घकालिन “ईलाननी फिजियोथेरापी केन्द्र” सन्चालन गर्ने गरि रचना आर्युवेद तथा हाडजोर्नी नशा उपचार केन्द्रसंग सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
आयुर्वेद पद्दति बाट हाडजोर्नी ,नशा रोग ,फिजियोथेरापी तथा आयुर्वेद उपचार स्वास्थ्य केन्द्रको घोषणा गर्दै पाँचवर्षसम्म रचना आर्युवेद तथा हाडजोर्नी नशा उपचार केन्द्ररले यस नया संचालमा आउने केन्द्रलाई स्वास्थ्य सेवा प्रदान गर्ने कुरा सहमतिपत्रमा उल्लेख गरिएको छ ।
सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले बिना कुनै साइड इफेक्ट नहुने आयुर्वेदिक स्वास्थ्यसेवा अत्यन्त लाभादायिक भएकाले महानगरपालिकाभर यस्तो सेवालाई प्रर्वद्धन गरिने बताउनुभयो । उपप्रमुख सत्यलले हामीकहा भएका जरिबुतीहरुको पहिचान गरि उपयोगितामा ल्याउनसके सबैका लागि। लाभकारी हुने बताउनु भयो ।
वडास्तरमा लागू गरिने यस सेवालाई सुचारु गर्न वडा नम्बर १६ ले दश लाख रुपियाँ आर्थिक सहायोग गर्ने उक्त वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।
कार्यक्रममा वडा संग सहकार्यमा संचालित बृहत निशुल्क फिजियोथेरापी र आयुर्वेदिक स्वास्थ्य उपचारको समापन गर्दै स्वय्मसेवकहरुलाई प्रशंसापत्र पनि वितरण गरिएको थियो ।