ग्रामीण क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन एम्बुलेन्स खरीद

कावासोती, २ असोज । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले यहाँ रहेको क्लबले एम्बुलेन्स खरीद गरेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–६ मा रहेको मातृभूमि युवा क्लबले एम्बुलेन्स खरीद गरेको हो । एम्बुलेन्स खरीदपश्चात ग्रामीण क्षेत्रमा कोही बिरामी परे उपचारका लागि अस्पताल लैजान सहज हुने क्लबका सचिव तीर्थ डुमे्रले बताए । कावासोती नगरपालिका–६ को रु दुई लाख, विष्णुनगर सामुदायिक वनको रु दुई लाख र क्लबको आन्तरिक स्रोतबाट एम्बुलेन्स खरीद गरिएको सचिव डुमे्रले बताए ।

एम्बुलेन्स खरीद गरेसँगै ग्रामीण क्षेत्रमा कोही आकस्मिक उपचार गर्नुपर्ने अवस्था भए समयमा अस्पताल पु¥याउन नसकी अकालमा ज्यान गुमाउनुपर्ने अवस्था नरहने कावासोती नगरपालिका–६ का अध्यक्ष हेमप्रसाद पाण्डेले बताए । “समयमा उपचारका लागि अस्पताल पु¥याउन नसक्दा कतिपयले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो, गाउँमै एम्बुलेन्स भएपछि कसैको समयमा अस्पताल नपु¥याएककै कारण ज्यान जाने जोखिम रहनेछैन”, वडाध्यक्ष पाण्डेले भने, “स्वास्थ्य उपचार सेवामा सहज हुनेछ ।” वडाध्यक्ष पाण्डेले वडाभित्रका अशक्त, विपन्न परिवार र ८४ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई उपचारका लागि अस्पताल लैजाँदा एम्बुलेन्स प्रयोग गर्नुपरेमा सोको खर्च आफूले उपलब्ध गराउने समेत बताए ।

एम्बुलेन्स सेवाबाट कावासोती–६ सहित वडा नं १, ५ लगायत आसपासका क्षेत्रका स्थानीयवासी लाभान्वित हुने विश्वास लिइएको क्लबका अध्यक्ष भरत गौडेलले बताए । क्लबले हाल परिवार नियोजन सङ्घसँगको सहकार्यमा प्रजनन् स्वास्थ्य क्लिनिकसमेत सञ्चालन गर्दै आएको छ । आगामी दिनमा प्रजनन् स्वास्थ्य क्लिनिकलाई थप व्यवस्थित गर्दै थप स्वास्थ्य उपचारको व्यवस्था उपलब्ध गराउने योजनासहित क्लब अगाडि बढेको उनले बताए । युवाहरु पनि सामाजिक काममा लाग्नुपर्छ भन्ने सन्देश दिनका लागि आफुहरुले स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा कार्य गर्दै आएको उनले बताए।

Loading...