उपभोक्ताहरूलाई छाला गोरो बनाउने क्रिमहरूले रङ्ग मेट्ने वस्तु जस्तै काम गर्ने भन्दै प्रयोग नगर्न सुझाव दिइएको छ। ब्रिटेनको स्थानीय सरकारको सङ्घले हालै विभिन्न ठाउँमा छापा मारेपछि प्राप्त जानकारीका आधारमा त्यस्ता उत्पादनहरू ूकुनै हालतमा प्रयोग नगर्नू सुझाव दिएको हो। त्यस्ता धेरै उत्पादनमा रङ्ग खुइल्याउने हाइड्रोक्विनोन भन्ने तत्व रहेको र तिनमा पारो तत्व (मर्करी) पनि हुन सक्ने […]
स्वास्थ्य
४९६ को निःशुल्क स्वास्थ्य उपचार
गोरखा, १२ असोज । गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् । वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । नागरिकमा […]
कम उमेरमा विवाह गरेर पछुताउँदै महिला
विराटनगर, १२ असोज । ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता […]
निःशुल्क स्वास्थ्य शिविरमा २६९ लाभान्वित
लमजुङ, १२ असोज । बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंकले संयुक्तरुपमा बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन् । हस्पिटलले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५, बालरोग १९ र मधुमेह, उच्च […]
असुरक्षित गर्भपतन गराउने बढे
रुपन्देही, ११ असोज । सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएपनि असुरक्षित गर्भपतन रोकिएको छैन । प्रदेश नं ५ मा आर्थिक वर्ष २०७५÷७६ मा १७ हजार १३५ महिलाले गर्भपतन गराएको तथ्याङ्क छ । तिमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको प्रदेशका स्वास्थ्य निर्देशनालयका नर्सिङ अधिकृत थुमा पुनले बताइन् । उनका अनुसार गत आवमा सबैभन्दा बढी कपिलबस्तुमा […]
दानी डाक्टर : बाथमुटु रोग अनुसन्धान गर्न अक्षयकोष स्थापना
काठमाडौँ, ११ असोज । वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा प्रकाशराज रेग्मीले बालबालिकामा देखिने बाथमुटु रोगको अध्ययन, अनुसन्धान तथा निवारण गर्न सहयोग पु¥याउन ‘बाथ, मुटुरोग अनुसन्धान कोष’को स्थापना गरेका छन् । नेपाल हृदयरोग निवारण केन्द्रमार्फत कोष सञ्चालन हुुने सो कोषमा उनले १० लाख रुपैया प्रदान गरेका छन् । कोषको रकम १० वर्षभित्र एक करोड पु¥याइने लक्ष्यसमेत […]
दुर्गममा स्वास्थ्य सेवाः चार सय लाभान्वित
बैतडी, ११ असोज । बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा दुर्गममा चिकित्सकको सेवा प्रदान गर्ने उद्देश्यले बिहीबारदेखि सो कार्यक्रम सञ्चालन भएको थियो । शुक्रबार सम्पन्न कार्यक्रमबाट ३८७ ले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । गाउँघरमा चिकित्सक […]
दुर्गममा न एम्बुलेन्स : न एक्सरे
जाजरकोट, ११ असोज । जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताईन् । तर चिकित्सक […]
हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप
चुरियामाई, १० असोज । हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको सो अस्पतालमा ५०० देखी ७०० सम्म […]
‘आँखा अस्पताल प्रदेशको शान’
चिप्लेढुङ्गा, १० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताए । नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सरकारको पर्याप्त सहयोगबिना आफ्नै स्रोतसाधनको उचित व्यवस्थापन गरेर गुणात्मक सेवा प्रवाह गर्ने उक्त आँखा अस्पताल प्रदेशकै एक नमूना संस्था भएको बताए । आर्थिक अनुशासन र सामाजिक उत्तरदायित्वको भावना भए उपलब्धि […]











