पर्वत, १९ असोज । गर्मी मौसम सकिएर विस्तारै जाडो मौसम शुरु हुनै लाग्दा पर्वत जिल्लामा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च बनेको छ । जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार सामान्य अवस्थामा अस्पतालको ओपिडी कक्षमा दैनिक २० सम्म बिरामी आउने गरेको भए पनि पछिल्ला केही दिनयता एक सयभन्दा […]
स्वास्थ्य
कार्यविधि नबन्दा पशुसेवा भ्यान सञ्चालनमा समस्या
बनेपा, १७ असोज । पशु सेवा भ्यान सञ्चालन कार्यविधि नबनेका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेललाई प्राप्त भएको भ्यान सञ्चालनमा समस्या भएको छ । करीब दुई महीनाअगाडि प्रदेश सरकारबाट प्राप्त सो भ्यान जिल्लामा नै पहिलो पशु उपचार सेवाका लागि प्राप्त भएको भ्यान हो । तर सञ्चालन कार्यविधि नबनेकै कारण सेवाप्रवाहमा भने समस्या […]
स्वास्थ्य केन्द्रको ‘भवन भव्य, उपचार छैन’
बाँके, १७ असोज । एक दशक लगाएर निर्माण गरिएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि समस्यै समस्याग्रस्त बनिरहेको छ । १८ महीनामा निर्माण पूरा गर्नुपर्ने सम्झौताका साथ काम शुरु गरिएको उक्त तीनतले भवन १० वर्षमा भर्खरै मात्र पूरा भएको छ । केन्द्रमा खानेपानी, बिजुलीका साथै चिकित्सक र औषधिको व्यवस्थापनमा कसैको ध्यान जान सकेको […]
सुत्केरीलाई ‘रातो भाले’
गलकोट, १७ असोज । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ । गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी […]
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने
कञ्चनपुर, १७ असोज । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्रले बिरामीलाई निःशुल्करूपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । सुदूरपश्चिम क्षेत्रमा निःशुल्करुपमा रगत उपलब्ध गराउने रक्त सञ्चार केन्द्र पहिलो हो । बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएवापत विगतमा रु ७७० प्रतिपिन्ट शुल्क लिँदै आएकामा स्थानीय तहले रक्त […]
सुत्केरी भत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
तुलसीपुर, १७ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस अघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्ता वितरण हुनसकेको थिएन । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले […]
स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास
तनहुँ, १६ असोज । तनहुँको व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको स्वास्थ्य सेवा केन्द्र भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आज शिलान्यास गरे। नगरप्रमुख न्यौपानेले यसै आर्थिक वर्षभित्र वडा कार्यालय भवन निर्माण गरिने बताउँदै वडा भवन निर्माणमा सहमति नहुँदा दुई वर्ष ढिलाइ भएको बताए । अब चारकुने क्षेत्रमै वडा कार्यालय भवन बन्ने सहमति अन्तिम चरणमा […]
दूषित पानी पिउन बाध्य छन् बागलुङ बजारवासी
गलकोट, १५ असोज । बागलुङ बजारका बासिन्दा दूषित पानी पिउन बाध्य छन् । बजारका स्थायी बासिन्दा र बाहिरबाट आएका हजारौं उपभोक्ता अहिले पानी नआउने र आए पनि धमिलो दूषित पानी हेरेर बस्नुपर्ने समस्याबाट आजित छन् । पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारवासी आसपासका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् तर, खानेपानी वितरणको जिम्मेवारी […]
चिकित्सक नहुँदा सेवा प्रभावित
सल्यान, १५ असोज । सल्यान जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवा प्रभावित हुन थालेको छ । अस्पतालमा चारजना चिकित्सकको दरबन्दी भए पनि एकजना मात्रै चिकित्सक कार्यरत हुँदा बिरामीको उपचारमा समस्या हुन थालेको छ । कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी भए पनि अहिले एकजना डाक्टरसहित १४ जना कर्मचारी मात्रै भएपछि अस्पतालमा कर्मचारी व्यवस्थापन गर्नसमेत कठिनाइ भएको अस्पतालले […]
स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित
चितवन, १५ असोज । जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी […]










