सल्यान, १५ असोज । सल्यान जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवा प्रभावित हुन थालेको छ । अस्पतालमा चारजना चिकित्सकको दरबन्दी भए पनि एकजना मात्रै चिकित्सक कार्यरत हुँदा बिरामीको उपचारमा समस्या हुन थालेको छ । कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी भए पनि अहिले एकजना डाक्टरसहित १४ जना कर्मचारी मात्रै भएपछि अस्पतालमा कर्मचारी व्यवस्थापन गर्नसमेत कठिनाइ भएको अस्पतालले […]
स्वास्थ्य
स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित
चितवन, १५ असोज । जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी […]
पोषणको अवस्था सुधार ल्याउन जुम्लामा पोषण विज्ञान अध्ययन हुने
काठमाडौँ, १५ असोज । मुख्यत कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुआत गर्ने भएको छ । आगामी वर्षदेखि चारवर्षे पोषण विज्ञान आहार क्लिनिकल न्युट्रिसन डाइटेटिक्स कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा प्रतिष्ठान जुटेको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका केही क्याम्पसमा मात्र […]
एकैदिन ५० जना बढीलाई बौलाहा कुकुरले टोके पछि
जलेश्वर, १५ असोज । महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ । कुकुरबाट […]
उपल्लो डोल्पामा हेपाटाइटिस बी बढ्दै
डोल्पा १५ असोज । उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ । शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या विकरालनै भएको वीरअस्पताल काठमाडौँका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले […]
म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट
डोटी, १५ असोज । जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ । बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो । दिपायल, पिपल्ला र राजपुर बजारमा […]
रुसमा मदिरा सेवन ४३ प्रतिशत घट्यो
मस्को, १४ असोज । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि चिनिएको रुसमा सन् २००३ यता त्यस्तो मदिरा सेवनमा कमी आएको हो । खेलकुदमा बढी रुची राख्ने राष्ट्रपति भ्लादिमिर पुटिनले ल्याएका कतिपय सुधारात्मक […]
धौलागिरि अञ्चल अस्पतालको भवन उद्घाटन
गलकोट, १४ असोज । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले धौलागिरि अञ्चल अस्पताल बागलुङको सुविधा सम्पन्न ‘बी’ ब्लक भवनको आज उद्घाटन गरेका छन । विसं २०६६ वैशाख १ गते दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिश, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लकको हालै मात्र निर्माण सम्पन्न भएको छ । […]
विपन्न नागरिक कोषबाट २३७ बिरामी लाभान्वित
तम्घास, १४ असोज । सरकारले सञ्चालन गरेको विपन्न नागरिक कोषबाट जिल्लाका २३७ बिरामी लाभान्वित भएका छन् । तीमध्ये सबैभन्दा धेरै मुटु र अर्बुदरोगका बिरामी छन् । गत आर्थिक वर्षको शुरुदेखि हालसम्म मुटुरोगका ९५ र अर्बुद रोगका ८३ गरी कूल १७८ बिरामी छन् । त्यो कूल सङ्ख्याको ७५।१० प्रतिशत हो । सो सध्ये पनि मुटुरोगतर्फ ४८ […]
औषधि उत्पादक सङ्घको साधारणसभा
काठमाडौँ, १३ असोज । नेपाली औषधि उत्पादक व्यवसायीको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घको अधिवेशन एवम साधारणसभा असोज २९ गते काठमाडौँमा हुने भएको छ । हाल सङ्घमा ५३ व्यवसायी आवद्ध छन् । सो अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने सङ्घका अध्यक्ष दीपक दाहालले जानकारी दिए। केही कार्यकाल यता सङ्घको नेतृत्व चयन सर्वसम्मत रुपमा हुँदै आएको छ […]










