काभ्रेपलाञ्चोक, १८ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन । उनले आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै नआत्तिन आग्रह गरे । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी […]
स्वास्थ्य
राप्तीपारि १५ श्ययाको अस्पताल बन्दै
राँझा, १५ कात्तिक । बाँकेको राप्तीपारि पर्ने नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल रुपान्तरण गर्ने योजना स्वीकृत भइसकेकाले अब थप भौतिक पूर्वाधार निर्माणका साथै दक्ष र पर्याप्त जनशक्ति व्यवस्थापनमा प्रदेश तथा केन्द्रीय सरकारलाई अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । उनले […]
डायलाइसिस सकिएकाले प्रम आजै निवास फर्कन सक्ने
काठमाडौँ, १४ कात्तिक । स्वास्थ्योपचारका क्रममा धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार र आज गरी दुई पटक डायलाइसिस सम्पन्न भएकाले सम्भवतः उनि आजै निवास फर्कने तयारी भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाबारे बुझ्न अस्पताल पुगेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री […]
चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या
बैतडी, १० कात्तिक । जिल्ला अस्पताल बैतडीमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । प्रदेश सरकार मातहतको अस्पतालमा तीन जना स्थायी चिकित्सकको दरबन्दी रहे पनि अहिले एक जना मात्रै कार्यरत छन् । दुई जना छात्रवृत्ति करारका चिकित्सकहरूले सेवा दिइरहेका छन् । एक नवौँ तह र दुई जना आठौँ तहका चिकित्सकको दरबन्दी रहेको […]
स्वास्थ्य शिविरमा सात हजारले लिए सेवा
गलकोट, ८ कात्तिक । बागलुङ बजारमा अयोजना गरिएको दुईदिने बृहत् स्वास्थ्य शिविरमा सात हजार ९८३ बिरामीले सेवा लिएका छन् । ताइवान र नेपालका करीब ३०० स्वास्थ्यकर्मीको सहभागितामा धवलागिरि अञ्चल अस्पतालमा बुधबार र बिहीबार दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरको पहिलोदिन बुधबार तीन हजार ८९३ र बिहीबार तीन हजार ९० ले उपचार, परामर्श […]
करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल
जाजरकोट, ६ कात्तिक । जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो । अस्पताल सञ्चालनका लागि अहिले तीन जना चिकित्सक करारका छन् । […]
काठमाडौँ र ललितपुरमा रगतको अभाव
काठमाडौँ, ६ कात्तिक । काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो । वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ । यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन । रक्त सञ्चार […]
एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान
काठमाडौँ, ६ कात्तिक । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो । मन्त्रालयको छात्रवृत्ति शाखाले आज यहाँ […]
ताइवानी संस्थाबाट निःशुल्क ह्वीलचियर वितरण
काठमाडौँ, ५ कात्तिक । ताइवानका विभिन्न संस्थाले नेपाललाई अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलमा सहयोग पु¥याउने उद्देश्यले उच्च गुणस्तरका दुई हजार थान ह्वीलचियर प्रदान गरेका छन् । प्रतिथान करीब रु पाँच हजार ६०० पर्ने उक्त उच्च गुणस्तरका ह्वीलचियर २०० थान काठमाडौँ आइपुगेका र सोमबार नै १८० थान विभिन्न जिल्लामा निःशुल्क वितरण गरिएको हो । सो संस्थाले […]
फलामेसाँघुमा पन्ध्र श्ययाको अस्पताल बन्ने
बनेपा, ४ कातिक । रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ श्ययाको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट सेवा प्रदान गर्न पाउने गरी सो निर्णय गरेको हो । “गाउँपालिकाको दुर्गम र विकट क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका […]









