ताइवानी संस्थाबाट निःशुल्क ह्वीलचियर वितरण

काठमाडौँ, ५ कात्तिक । ताइवानका विभिन्न संस्थाले नेपाललाई अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलमा सहयोग पु¥याउने उद्देश्यले उच्च गुणस्तरका दुई हजार थान ह्वीलचियर प्रदान गरेका छन् । प्रतिथान करीब रु पाँच हजार ६०० पर्ने उक्त उच्च गुणस्तरका ह्वीलचियर २०० थान काठमाडौँ आइपुगेका र सोमबार नै १८० थान विभिन्न जिल्लामा निःशुल्क वितरण गरिएको हो । सो संस्थाले […]

फलामेसाँघुमा पन्ध्र श्ययाको अस्पताल बन्ने

बनेपा, ४ कातिक । रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ श्ययाको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट सेवा प्रदान गर्न पाउने गरी सो निर्णय गरेको हो । “गाउँपालिकाको दुर्गम र विकट क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका […]

बिरामीको विश्वास जित्दै सरकारी अस्पताल

डोटी, २ कात्तिक । जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ । डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन् । अस्पतालले प्रसूति शल्यक्रियामा सुदूरपश्चिमको पहाडी जिल्लामा सेवाग्राहीको विश्वास जितेको अस्पताल प्रशासनको दाबी छ । छिमेकी जिल्ला अछाम, डडेल्धुरा र बाजुराबाट समेत शल्यक्रियाका लागि बिरामी […]

भिटामिन ‘ए’ र जुकाको औषधि आजदेखि खुवाइने

विराटनगर, २ कात्तिक । छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज र भोलि खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले जानकारी दिनुभयो । जुकाका औषधि एक वर्षमाथि पाँच वर्ष मुनिकालाई […]

सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी

काठमाडौँ, ३० असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र(ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ । सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जानकारी दिए । विश्व ट्रमा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सो जानकारी दिँदै स्वास्थ्य क्षेत्रको […]

जनशक्ति नहँुदा शव परीक्षण गृह प्रयोगविहीन

सोेलुखुम्बु, २७ असोज । जनशक्ति नहँुदा सोताङमा निर्माण भएको शव परीक्षण गृह प्रयोगविहीन बनेको छ । सोताङ गाउँपालिकाको स्वास्थ्यचौकीमा निर्माण भएको परीक्षण गृह दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको हो । प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को पूर्वाधार निर्माणअन्तर्गतको पाँच लाखबाट उक्त गृह निर्माण गरिएको थियो । परीक्षणको लागि आवश्यक सम्पूर्ण उपकरण भए पनि कर्मचारी […]

मिर्गौलापीडितलाई तीन लाख सहयोग

दमौली, २४ असोज । दुवै मिर्गौला फेल भई काठमाडौँमा उपचार गराइरहेका तनहुँको म्याग्दे गाउँपालिका–५ थर्पुका सोमनारायण श्रेष्ठलाई थर्पु नेवा खलको सक्रियतामा सङ्कलित तीन लाख २३ हजार सहयोग गरिएको छ । छ महीनाअघि मिर्गौला फेल भएर डायलासिस गराइरहेका श्रेष्ठको मस्तिष्कमा पनि समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । हाल उनको काठमाडाँैस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । […]

सर्पको डसाइबाट एकको मृत्यु, एक सिकिस्त

दाङ, २४ असोज । सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् । खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको डसाइबाट घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज बिहान मृत्यु […]

भोजमा अचार खाँदा ३१ जना बिरामी

सुर्खेत, २३ असोज । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उहाँका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन् । स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी पर्न थालेको बताए । बिरामीहरुको बुधबार दिउँसोदेखि […]

महाकाली अस्पतालमा चिकित्सक अभाव

कञ्चनपुर, २० असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ । दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा बिरामीलाई अन्यत्र ‘रिफर’ गरिदैँ आएको छ । चिकित्सककै अभावमा बिरामीले भारतीय निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराउनु परेको छ । अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी भएपनि प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला […]