सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

डोटी, २४ कात्तिक । कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा १०४ चिकित्सकको अभाव छ । यहाँका अधिकांश चिकित्सकले समायोजनमा सङ्घ रोजेपछि स्वास्थ्य संस्थामा चिकित्सकको अभाव देखिएको हो । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि […]

प्रधानमन्त्री ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर प¥याइयो

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर पु¥याइएको थाहा भएको छ । १२ वर्ष अघि फेरिएको मृगौलाले काम नगरेपछि प्रम ओलीको फेरि मृगौला फेर्न लागिएको छ । विभिन्न उपाय गरेर पनि प्रम ओलीको मृगौलाले काम नगरेपछि पुनः मृगौला फेर्न उनी तयार भएका हुन् । ओलीका लागि मृगौला दान गर्न सिंगापुर लानुअघि […]

सामाजिक विकास मन्त्रालयद्वारा १६ वटा एम्बुलेन्स हस्तान्तरण

कैलाली, २० कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले खरीद गरेका १६ वटा आधुनिक सुविधायुक्त एम्बुलेन्स प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज धनगढीमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरे । मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको […]

जिल्ला अस्पतालमा चिकित्सक अभाव

खाँदबारी, २० कात्तिक, । खाँदबारी नगरपालिका–१ की लक्ष्मी कार्की तातोपानीले शरीरमा नराम्रोसँग पोलेकाले उपचार गर्न खाँदवारीस्थित जिल्ला अस्पताल पुगे । दक्ष चिकित्सक नभएकाले उचित स्वास्थ्यसेवा नपाएको बिरामी कार्कीको गुनासो थियो । आइतबार अस्पताल भर्ना हुनुभएकी लक्ष्मी कार्कीले भने, “सरकारले ५० श्ययाको अस्पतालमा स्तरवृद्धि गरेपनि सेवा भने स्वास्थ्यचौकीको जति पनि पाइएन ।” खाँदवारी अस्पतालमा भर्खर एमबिबिएसको […]

कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य

काठमाडौँ, २० कात्तिक । कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजानिक र निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । पोषणको अवस्थालाई सुधार गर्दै स्वास्थ्यको स्थिति सुधार गर्न सरकारले पहिलोपटक पोषणका क्षेत्रमा निजी क्षेत्रसितको सहकार्य अगाडि बढाएको हो । पाँच वर्षमुनिका करीब ५० प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित हुने गरेका राष्ट्रिय आँकडा छ । राष्ट्रिय योजना आयोग […]

जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था गरिने

विराटनगर, १९ कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सबै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्ष गरिने बताए । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा आज यहाँ आयोजित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जनतालाई सहज स्वास्थ्यसेवा पहुँचका लागि करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अगाडि बढाइएको […]

चिकित्सा शिक्षा आयोगले पूर्णता पायो

काठमाडौँ, १९ कात्तिक । चिकित्सा शिक्षा आयोगले निर्देशक पद खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । यसका लागि आयोगले आज सार्वजानिक सूचना जारी गरी पदमा आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको छ । राष्ट्रिय चिकित्सा ऐन २०७५ ले आयोगमा चार निर्देशक पदको व्यवस्था गरेको छ । आयोगको सूचना अनुसार निर्देशक पदमा आफ्नो व्यक्तिगत सोच, वैयक्तिक […]

कूल लगानी रु २० करोडमा लुम्बिनी सामुदायिक मुटु अस्पताल बन्ने

खस्यौली, १९ कात्तिक । बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब रु पाँच करोड र रु १० करोड शेयर सदस्यबाट उठाएर सो अस्पताल बनाउन लागिएको हो । तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महशुस भएपछि त्यसको […]

कोवाङमा स्वास्थ्यचौकीको भवन

मुस्ताङ, १९ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले दुई तले १४ कोठे पक्की भवन निर्माण गरेको हो । दुई वर्षअघि तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले भवन निर्माणका लागि महादेवी–नाना जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सङ्घीयता कार्यान्वयनसँगै […]

सुकुटे दुर्घटना: अझै पाँच घाइते अस्पतालमै

बनेपा, १९ कात्तिक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो । सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौँ पठाइएको र […]