बनेपा, २६ कात्तिक । प्रदेश सरकारको आर्थिक सहयोगमा कोशीपारीको विकट चौरीदेउरालीको वडा नं ५ भालचौरमा १५ श्ययाको अस्पताल निर्माण गरिने भएको छ । साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी निर्माण गर्न लागिएको सो अस्पतालका लागि २१ रोपनी जग्गा उपलब्ध गराइएको छ । अस्पताल भवन शिलान्यास गर्दै प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले […]
स्वास्थ्य
अमेरिकी राष्ट्रपति कार्टर अस्पताल भर्ना
वासिङ्टन, २६ कात्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् । उनि यसअघि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल […]
आँखा शिविनिःशुल्क आँखा शिविरमा ३९ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया
धादिङ, २६ कात्तिक । धादिङको गङ्गाजमुना गाउँपालिका–ं ५ स्थित फुलखर्कमा भएको तीन दिने निःशुल्क आँखा शिविरमा ३९ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया गरिएको छ । फुलखर्क स्वास्थ्यचौकीमा शुक्रबारदेखि सञ्चालन गरिएको तीन दिने शिविरमा ३८२ को साधारण आँखा जाँच र ३९ को मोतियाविन्दुको शल्यक्रिया गरिएको निःशुल्क आँखा शिविर सञ्चालन समितिका संयोजक नवराज अधिकारीले बताए । आँखा अस्पताल […]
रोग पहिचान नगरी शल्यक्रिया गर्दा १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु
पाल्पा, २६ कात्तिक । रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेर रगत बगेकोे अस्पतालको दाबी छ । लुम्बिनीमा थप उपचार हुन नसक्ने भएपछि चिकित्सकसहितको टोलीसँग भैरहवा मेडिकल कलेजमा उपचारका लागि बिरामीलाई […]
पोखरामा आँखादान कार्यक्रम बुधबार
चिप्लेढुङ्गा, २६ कात्तिक । पोखरामा आँखादान कार्यक्रम गरिने भएको छ । मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिने आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । बुधबार बिहान साइमन पार्टी प्यालेसमा उक्त आँखादान कार्यक्रम हुने र सोको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । दृष्टिविहीनलाई आँखादान […]
नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु
ललितपुर, २६ कात्तिक । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण विश्वमा ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको प्रदेश नं ३ सामाजिक […]
धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा
दमौली, २५ कात्तिक । जिल्लाको देवघाट गाउँपालिका–५ मा सञ्चालित धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको छ । दिवा सेवा मात्रै सञ्चालन हुँदै आएको उक्त अस्पतालमा आइतबारबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको हो । गलेश्वर आश्रमले विसं २०५७ देखि सञ्चालन गर्दै आएको उक्त अस्पताल गत वर्ष साउन १ गते देवघाट गाउँपालिकालाई हस्तान्तरण भएको थियो । […]
स्वास्थ्य बीमामा आकर्षण
खोटाङ, २४ कातिक । दश स्थानीय तह रहेको यस जिल्लामा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या २६ हजार नाघेको छ । विसं २०७४ पुस २४ गतेदेखि शुरु गरिएको सो कार्यक्रममा गत असोज मसान्तसम्म १२ हाजर १८६ परिवारका २६ हजार ४७ ले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराउनेमध्ये १३ हजार २६८ महिला र १२ हजार ७७७ पुरुष […]
डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प
अमरगढी, २४ कात्तिक । चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र […]
एउटा अभियान, जसले १३ सय ४३ जनालाइ नयाँ संसार देखाए
२३ वर्षदेखि राजधानी काठमाडौं, यस वरपरका साथै देशका दूर्गम क्षेत्रमा निःशुल्क आँखा जाँच र मोतिविन्दु शल्यक्रिया सेवा प्रदान गर्दै आएको युवा नेत्र सेवाले यसवर्ष पनि ३४ जनाको सफल शल्यक्रिया सम्पन्न गरेको छ । कीर्तिपुर नगरपालिका अन्तर्गतको श्रीकीर्ति नगरमण्डप महाविहारमा शनिबार सम्पन्न २३ औं निःशुल्क मोतिविन्दु शल्यक्रियाको समापन समारोहमा सेवा अन्तर्गत हालसम्म ५३ हजार ३ सय […]











