एउटा अभियान, जसले १३ सय ४३ जनालाइ नयाँ संसार देखाए

२३ वर्षदेखि राजधानी काठमाडौं, यस वरपरका साथै देशका दूर्गम क्षेत्रमा निःशुल्क आँखा जाँच र मोतिविन्दु शल्यक्रिया सेवा प्रदान गर्दै आएको युवा नेत्र सेवाले यसवर्ष पनि ३४ जनाको सफल शल्यक्रिया सम्पन्न गरेको छ ।

कीर्तिपुर नगरपालिका अन्तर्गतको श्रीकीर्ति नगरमण्डप महाविहारमा शनिबार सम्पन्न २३ औं निःशुल्क मोतिविन्दु शल्यक्रियाको समापन समारोहमा सेवा अन्तर्गत हालसम्म ५३ हजार ३ सय ३६ जनाको आँखा जाँचका साथै १३ सय ४३ जनाको शल्यक्रिया सम्पन्न भएर नयाँ संसार देखेको जानकारी सचिव रोशन राज महर्जनले दिनुभयो । यसका साथै विद्यालय आँखा परिक्षण अन्तर्गत हालसम्म १२ हजार २ सय ७२ जनाको परिक्षण भइसकेको पनि जानकारी गराइएको छ ।

कार्यक्रममा अध्यक्ष सिद्धार्थ रञ्जितले सेवाको सञ्चालन संसारभरी छरिएका दैनिक ‘‘एक कप चिया बराबरको पैसा दान” अभियानबाट भैरहेको जानकारी गराउँदै विदेशी दाताहरुबाट पसिन प्राविधिक सहयोग प्राप्त भएको बताउनुभयो ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे लगायतका मोतिविन्दुका रोगीहरुका सामु प्रमुख अतिथि प्रसिद्ध गायक प्रेमध्वज प्रधानले ४८ वर्ष पहिले आफूले गाएको गीत सुनाएर सान्त्वना प्रदान गर्नुभएको थियो । 

 

Loading...