एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस फ्लूभन्दा घातक भएपनि नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठन जनाएको छ । कोरोनाभाइरस कोभिड–१९ बाट संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ । यो दर संक्रमितमध्ये एक प्रतिशतको मृत्यु हुने सिजनल फ्लूकोभन्दा बढी हो । तथापि नयाँ कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस […]
स्वास्थ्य
कोरोनाभाइरस त्रास: भारतले निर्यातमा नियन्त्रण गर्ने संसारभरि औषधि अभाव हुने त्रास
औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ । जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि अभाव […]
प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको एक चिकित्सकले बताए। ‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, […]
प्रधानमन्त्री ओली अप्रेसन थिएटरमा, पाँच घन्टामा मिर्गौला प्रत्यारोपणको काम सकिने
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ । ओलीको बुधबार (आज )दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् । ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल […]
कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका चारैजनाको रिपोर्ट नेगेटिभ
काठमाडौं २० फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित भाइरसको आशंकामा सोमवार भर्ना भएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ। परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। अस्पतालले रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ। चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी […]
कोरोना त्रास: आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको आग्रह
एजेन्सी, २० फागुन । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सामाजिक सञ्जाल ट्वीटरले सावधानी अपनाएको छ । ट्वीटरले आफ्ना कर्मचारीलाई कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप घरबाटै काम गर्न आग्रह गरेको छ । सामाजिक सञ्जाल ट्वीटरले ब्लग पोस्ट गरेर हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई घरबाट काम गर्नु अनिवार्य रहेको जनाएको छ । यस्तै ट्वीटरले विश्वभर […]
कोरोनाबाट बच्न ‘नमस्ते अभियान’
काठमाडौं, १९ फागुन । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटकलाई पर्यटन व्यवसायीले नमस्तेभन्दा उनीहरू निकै खुशी हुन्छन् । लेकसाइडमा कतिपय विदेशी पर्यटकले त नेपालीका अन्य शब्द बोल्न नजाने पनि नमस्ते भन्दै यहाँका स्थानीयवासीलाई अभिवादन गरिरहेका भेटिन्छन् । नेपाली समाजमा आतिथ्यतापूर्ण व्यवहारको पहिलो सुरुवात नै नमस्ते हो । गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो […]
चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनामा कोरोना देखिएन, सबै जना आज घर जाँदै
काठमाडौँ, १९ फागुन । सरकारले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेको ल्याएको नेपाली विद्यार्थी १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ । खरिपाटी क्वारेन्टाइनमा राखिएका मध्ये १ सय ५७ जनाको स्वास्थ्य परीक्षणको नतिजा सोमबार आएको र सो परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नपाइएको क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका चिकित्सक नविन फूयाँलले जानकारी दिए […]
यि हुन प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा
काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपण गर्न सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुँदैछन् । चिकित्सकले बुधबार उनको मृगौला प्रत्यारोपण गर्ने समय तोकेका छन् । प्रधानमन्त्री ओली लामै समय बस्नुपर्ने भएकाले अहिले शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा बनाइएको छ । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई रेकी गर्न खटाएको छ । प्रधानमन्त्री […]
चीन र दक्षिण कोरियाबाट फर्किएका पाँच जनामा कोरोनाभाइरसको आशङ्कामा अस्पताल भर्ना
काठमाडौँ, १९ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको बताएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएको केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेले बताए।उनीहरू शङ्कास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको डा। पाण्डेले बीबीसी न्यूज नेपालीलाई […]









