कोरोनाका कारण नेपाल एयरलाइन्सले गर्यो दोहाको नियमित उडान स्थगित

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गर्न भन्दै कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमाथि अस्थायी प्रतिवन्ध लगाएपछि निगमले दोहा उडान स्थगित गरेको हो । नेपाल एयरलाइन्सले हालसम्म दैनिक रुपमा दोहा उडान भर्दै आएको […]

इटलीका सेना प्रमुखलाई कोरोना भएको पुष्टि

काठमाडौं २७ फागुन । इटालीका सेना प्रमुखलाई कोरोना भाइरस लागेको पुष्टि भएको छ । इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित सेनाप्रमुख फारिनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसका कारण ३६६ जनाले ज्यान गुमाइसकेका छन् भने एकैदिन १३३ जनाको मृत्यु भएको इटलीले जनाएको छ । योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट […]

प्रधानमन्‍त्रीको स्वास्थ्यमा सुधार, एकदुई दिनमै डिस्चार्ज हुने

काठमाडौं, २७ फागुन । मिर्गौला प्रत्यारोपण गरेर एक सातादेखि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महराजगञ्‍जमै आराम गरिरहेका प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आइरहेको छ । ओलीको स्वास्थ्यमा नियमित सुधार आइरहेकाले उनको केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । ओलीको मिर्गौला प्रत्यारोपणको सातौं दिन आज चार बजे अस्पतालले पत्रकार सम्मेलन गरेर प्रधानमन्‍त्रीको […]

डोल्पामा भाईरल ज्वरोको कारण दुई जनाको मृत्यु

डोल्पा, २७ फागुन । डोल्पामा रुघाखोकी र ज्वरोले डोल्पामा दुई जनाको मृत्यु भएको छ । फागुनको पहिलो हप्तामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडाका ४० वर्षिय हंशलाल बोहरा र ७० वर्षिय चंखलाल बोहराको भाइरल इन्फ्लुएञ्जा ए का कारण मृत्यु भएको हो । करेलीकाँडाका स्थानीय बासिन्दा रणबहादुर बुढाले […]

कोरोनाको त्रास: १ सय १३ मुलुकमा, मृतकको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ फागुन । विश्वलाई त्रसित बनाइरहेको कोरोना (कोभिड–१९) आतंक विश्वको १ सय १३ मुलुकमा फैलिसकेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ भने १ लाख १४ हजार २ सय ९९ जना संक्रमित भएका छन् । चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ […]

संक्रमणको त्रास बढेसँगै सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने

काठमाडौं, २७ फागुन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रास बढेसँगै सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने भएको छ । बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले सो उत्पादन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर आफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुनेगरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास […]

कोरोनाभाइरस: हप्तौँपछि दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे

क्वारन्टीनको अवधि सकिएपछि स्वीडनका राजदूतले आफ्नो तस्बिर ट्विटरमा हाल्दै आफू खुसी भएको उल्लेख गरेका छन् कोरोनाभाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टीनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन् । उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ । उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक […]

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे अस्पतालले जारी गर्यो विज्ञप्ति

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री ओली स्वास्थ्य अवस्था बारे अस्पतालले विज्ञप्ति जारि गरेको छ । गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । प्रत्यारोपणको पाँचौं दिन एक विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीले नियमितजस्तै खाना खाएको र सामान्य डिँडडुल गर्न सक्ने […]

चरम लापरवाही, स्टिल झिक्नु पर्नेमा झिकिदियो हड्डी

उदयपुर २५ फागुन, । ४२ वर्षीय पूर्णबहादुर खत्रीको देब्रे कुममा राखिएको स्टिल झिक्नुपर्नेमा डाक्टरले हड्डी काटेर फालेका छन । उदयपुरको गाईघाट सिभिल हस्पिटल एन्ड ट्रमा सेन्टरका अर्थोपेडिक डा. सञ्जयकुमार साहले हड्डी झिकिदिएको खत्री बताउँछन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागडी ३ बाम्राका खत्रीको कुममा अप्रेसन गरी स्टिल राखिएको थियो । ‘डाक्टरले स्टिल छाडेर हड्डीको टुक्रा काटेर […]

अस्ट्रेलिया पढ्न गएका २० वर्षिय नेपालीमा कोरोनाको संक्रमण

काठमाडौं, २५ फागुन । नेपालबाट अस्ट्रेलिया पढ्न गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट […]