चरम लापरवाही, स्टिल झिक्नु पर्नेमा झिकिदियो हड्डी

उदयपुर २५ फागुन, । ४२ वर्षीय पूर्णबहादुर खत्रीको देब्रे कुममा राखिएको स्टिल झिक्नुपर्नेमा डाक्टरले हड्डी काटेर फालेका छन । उदयपुरको गाईघाट सिभिल हस्पिटल एन्ड ट्रमा सेन्टरका अर्थोपेडिक डा. सञ्जयकुमार साहले हड्डी झिकिदिएको खत्री बताउँछन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागडी ३ बाम्राका खत्रीको कुममा अप्रेसन गरी स्टिल राखिएको थियो ।

‘डाक्टरले स्टिल छाडेर हड्डीको टुक्रा काटेर फ्याँकिदिएकाछन् , खत्री भन्छन् ,‘स्टिल लगाएर हात ठीक पार्न खोजेको तर डाक्टरले उल्टै हड्डी काटिएपछि हात पहिलेको अवस्थामा बनाउने आस मर्यो । दिक्तेल बजारमा २०७५ माघ ७ गते उनको देब्रे कुमको हडडी भाँचिएको थियो । उनी जिल्ल अस्पतालमा उपचारपछि काठमाडौँस्थित नेपाल अर्थोपेडिक अस्पतालमा पुगेका थिए ।

Loading...