प्रदेश ५ का मुख्यमन्त्रीद्वारा अन्तराष्ट्रिय महिला दिवसको शुभकामना

बुटवल २५ फागुन। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले विश्वमा मार्च ८ लाई महिला सशक्तिकरण र आत्मसम्मान उत्सवका रुपमा मनाईने गरेपनि नेपालमा राजनैतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा मनाइदैं आएको बताएका छन् ।

Loading...