डोल्पामा भाईरल ज्वरोको कारण दुई जनाको मृत्यु

डोल्पा, २७ फागुन । डोल्पामा रुघाखोकी र ज्वरोले डोल्पामा दुई जनाको मृत्यु भएको छ । फागुनको पहिलो हप्तामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडाका ४० वर्षिय हंशलाल बोहरा र ७० वर्षिय चंखलाल बोहराको भाइरल इन्फ्लुएञ्जा ए का कारण मृत्यु भएको हो ।

करेलीकाँडाका स्थानीय बासिन्दा रणबहादुर बुढाले भने भाइरल ज्वरो आएको थियो विमारी भएको झन्डै दुई सातापछि उनीहरुको मंगलबार मृत्यु भएको हो । करेलीकाँडामा अझै पनि भाइरल ज्वरोका धेरै बिमारी प्रभावित भएको उनले बताए।

Loading...