हालसाबिक नहुदा आफ्नै जग्गामा घर बनाउन गाह्रो

पोखरा, २७ फागुन । पोखरा महानगरपालिका वडा नं। १७ लामतराका करिब ३ सय सर्वसाधारणको जग्गा हालसाबिक नहुदा आफुहरुलाई मर्का परेको गुनासो गरेका छन् । लालपुर्जा भएको जग्गा नापी कार्यालयले नापेर हालसाबिक नगरेपछि ३ सय भन्दा बढी सर्वसाधारणहरु यतिबेला मर्कामा परेका हुन । पोखरा महानगरपालिका वडा नं.१७ लामतरामा लालपुर्जा भएको जग्गा उपभोग गर्न नपाएपछि ३ सय बढी स्थानियहरु पिडित मात्र भएका छैनन् उनिहरु राज्यप्रति आक्रोसित पनि भएका छन् ।

विगत २५ वर्ष देखि बस्दै आएको ठाउँमा आफुहरुको लालपुर्जा भएपनि नापी कार्यालयले हालसाबिक गर्न नमानेपछि अहिले जग्गा छ तर आफ्नो जग्गाको कित्ता यकिन भएको छैन । सो जग्गा प्रयोग गरेर कुनै पनि व्यापार व्यवसाय गर्न पाइएको छैन । बनेका घर बनीसके तर नयाँ बनाउन जग्गा हालसाबिक नभएकै कारण बनाउन पाइएको छैन ।

यहि विषयलाई लिएर स्थानियहरु स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारका भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्याललाई समेत अवगत गराएका छन् । स्थानियसंग मन्त्री अर्यालले भनिन । मालपोत र नापी कार्यालयको समन्वय गरेर स्थानीयको समस्या समाधान गर्नुपर्छ । समस्यालाई न्यारोडाउन गर्न मन्त्री अर्यालले निर्देशन दिएकि छन ।

Loading...