कोरोना संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार

काठमाडौं, २९ फागुन । विश्वव्यापी महामारीको घोषणा भएको कोरोना भाइरस संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा ६ जनाको उपचार शुरु गरिएको हो । विहीवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरसको […]

विश्‍व स्वास्थ्य स‌ंगठनद्वारा ‘कोरोना भाइरस विश्‍वव्यापी महामारी’को घोषणा

काठमाडौँ २९ फागुन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो ।कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले बुधबार यसलाई विश्वव्यापी महामारी […]

१५ अप्रिलसम्म भारत यात्रामा प्रतिबन्ध, प्रवेश गरे १४ दिन सम्म निगरानीमा बस्नुपर्ने

एजेन्सी, २९ फागुन भारत सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य […]

भाइरसको प्रकोप चीनमा कम हुँदै, विश्वभर तिव्र रुपमा फैलिँदै

काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमण चिनमा बिस्तारै घट्दै गएको छ भने विश्वभर तिव्र रुपमा फैलिँदै छ । कोरोना भाइरस नयाँ संक्रमितको संख्या बुधबार पहिलोपटक एक अंकमा झरेको छ । बुधबार हुबेई प्रान्तमा केवल ८ जनामा यो भाइरसको नयाँ संक्रमित भेटिएका छन् । यो भाइरसको महामारी शुरु भएयता चीनमा पहिलोपटक चीनमा यसबाट संक्रमित हुनेको […]

विश्व मिर्गौला दिवस: ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँ’

दाङ, २९ फागुन । विश्व मिर्गौला दिवसको अवसरमा दाङको लमहीमा प्रभातफेरिको आयोजना गरिएको छ । ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँ’ भन्ने मुल नाराका साथ मिर्गौला रोगबाट बच्न सचेतना फैलाउने उदेश्यले प्रभातफेरिको आयोजना गरिएको हो । पञ्चेबाजासहितको प्रभातफेरिले लमही बजारको परिक्रमा गरेको थियो । मिर्गौला रोग लाग्नु भन्दा लाग्नै नदिनु तर्फ ध्यान दिनुपर्ने डाक्टर गणेश […]

प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुन सक्ने

काठमाडौँ, २८ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने चिकित्सकहरूले बताएका छन्। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीका मंगलबार साँझसम्मका सबै स्वास्थ्य रिपोर्टहरू सामान्य आएकाले उनलाई बुधबार डिस्चार्ज गर्न कुनै समस्या छैन। ‘आजका केही रिपोर्टहरू आउन बाँकी छ । […]

इटालीमा कोरोना संक्रमणबाट एकै दिन १ सय ६८ को मृत्यु

एजेन्सी, इटालीमा कोरोना संक्रमणबाट एकै दिन १ सय ६८ जनाको ज्यान गएको छ । यससँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ । अन्तरराष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार १० हजार बढी संक्रमित भएका छन् । संक्रमण फैलिन नदिन सरकारले ६ करोड नागरिकलाई क्‍वारेन्टाइनमा राखेको छ। उनीहरू ‘सेल्फ क्‍वारेन्टाइन’ मा राखिएका हुन्। […]

भारतमा ६२ जनामा कोरोना संक्रमण

एजेन्सी । चीनको उहानबाट शुरु भएको नयाँ भाइरस कोभिड १९ अर्थात कोरोना भाइरसले भारतमा समेत त्रास फैलाएको छ । मंगलवार केरलामा आठ, कर्नाटक र पूणेमा तीन तीन नयाँ संक्रमितहरु भेटिएसँगै भारतमा पनि अहिले यसको उच्च सतर्कता अपनाउन थालिएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । कोरोना भाइरसकै कारण भारतका धेरै […]

कोरोनाबाट इरानमा एकै दिन ५४ को मृत्यु

इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन् । पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको संख्या २ सय ९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले बताए । उनले कोरोना सङ्क्रमित व्यक्तिहरुको […]

बेलायती स्वास्थ्यमन्त्रीलाइ कोरोना भाइरस संक्रमण

काठमाडौं, २८ फागुन । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् । बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । […]