प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुन सक्ने

काठमाडौँ, २८ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने चिकित्सकहरूले बताएका छन्। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीका मंगलबार साँझसम्मका सबै स्वास्थ्य रिपोर्टहरू सामान्य आएकाले उनलाई बुधबार डिस्चार्ज गर्न कुनै समस्या छैन।

‘आजका केही रिपोर्टहरू आउन बाँकी छ । ती रिपोर्ट पनि सामान्य आए उनलाई साँझसम्म डिस्चार्ज गर्न सकिन्छ । ती चिकित्सकले भने। उनका अनुसार प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार फर्किए भने पनि सामान्य अवस्थामा भने हुने छैनन्। उनलाई केही दिन आइसोलेसनमा राखिनेछ । त्यसका लागि बालुवाटारमा छुट्टै कक्ष पनि बनाइएको छ।

Loading...