दाइजोमा मोटरसाइकल दिन नसक्दा रोकियो विवाह

धनुषा, २८ फागुन । धनुषाको नगरायन नगरपालिकास्थित जटहीकी बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विवाह धनुषाकै भुतही निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग २५ फागुनमा हुने तय भएको थियो ।

तर, आर्थिक अभावका कारण बेचनीले दाइजोमा मोटरसाइकल दिन नसकेपछि सुशील सदा विवाह गर्न नै आएनन् । ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गर्दा पनि विवाह नभएपछि बेचनी मारमा परेका छन् । राजधानी दैनिकमा खबर छ ।

Loading...