कोरोना संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार

काठमाडौं, २९ फागुन । विश्वव्यापी महामारीको घोषणा भएको कोरोना भाइरस संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा ६ जनाको उपचार शुरु गरिएको हो ।

विहीवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरसको आशंका ६ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिए । आइसोलेसनमा राखिएका मध्ये ४ जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए ।

Loading...