इटालीमा कोरोना संक्रमणबाट एकै दिन १ सय ६८ को मृत्यु

एजेन्सी, इटालीमा कोरोना संक्रमणबाट एकै दिन १ सय ६८ जनाको ज्यान गएको छ । यससँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ । अन्तरराष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार १० हजार बढी संक्रमित भएका छन् । संक्रमण फैलिन नदिन सरकारले ६ करोड नागरिकलाई क्‍वारेन्टाइनमा राखेको छ। उनीहरू ‘सेल्फ क्‍वारेन्टाइन’ मा राखिएका हुन्। इटालीमा चीनपछि सबभन्दा बढी संक्रमण पुष्टि भएको छ। त्यस्तै इरानमा समेत संक्रमण तीव्र रूपमा फैलिएको छ।

त्यहाँ ८ हजार बढीमा संक्रमण पुष्टि भएको छ भने लगभग ३ सयले ज्यान गुमाइसकेका छन्। तर चीन र दक्षिण कोरियामा भने संक्रमण अनुपात घटेको छ। हालसम्म विश्वभर १ लाख १३ हजारमा संक्रमण पुष्टि भएको छ भने ४ हजार बढीले ज्यान गुमाइसकेका छन्। साथै लगभग ६४ हजार संक्रमित निको भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

Loading...