बिस्फोटका योजनाकार देव गुुरुङ पक्राउ

काठमाण्डौँ, २८ फागुन । पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन । देव गुरुङको योजनामा गोकुल बास्कोटाको घरमा बम विस्फोटको गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसपी प्रधानले यसबारे थप अनुसन्धान भइरहेको बताए ।

Loading...