विप्लव नेकपाले दियो गोकुल बास्कोटाको घरमा बम विष्फोट गर्नुका १० कारण

काठमाडौं, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा भएकाे प्रेसर कुकर वम विस्फोटकाे जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले लिएकाे छ । 

बास्कोटाले भक्तपुरमा बनाउँदै गरेकाे नयाँ घरमा बम विष्फाेट गर्नुका १० कारणसहितकाे पत्र नेकपाले सार्वजनिक समेत गरेकाे छ । बुधबार बिहान पौने ८ बजेतिर भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थली स्थित बाँँस्कोटाको घरको गेटमा बम विष्फोट गराइएको थियो ।

नेकपाले सार्वजनिक गरेका विष्फोट गराउनुको १० कारण यस्ता छन्:

१. सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद प्रकरणमा (७० करोड) घुुस मागेर भ्रष्टचारी अनुहार उदाङ्गो पारेको

२. २४ अर्वको सेटलाइएट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टचार गरेको

३. १९ अर्वको फारजी सेवा विस्तारका दौरनमा करोडौं रकम दुरुपयोग गरेको

४. १० अर्वको अप्टिकल फाइवर विस्तारमा करोडौं कुम्ल्याएर देशलााई कंगाल बनाउने भुमिका खेलेको

५. मोवाइल र स्कुलमा इन्टरनेट सेवा–सुविधाको नाममा करोडौं हिनामिना गरेको

६. सरकारको प्रवत्ता पदको दुरुपयोग गरी देशभरको ठूला परियोजनाबाट अरबौं घोटाला गरेको

७. नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फाँसिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले

८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयवल्स शैलीमा निक्रिष्ट, उदण्ड, अराजनीतिक र गुण्डागर्दी भुमिकामा उत्रिएकाले

९. आफ्नौ औकात भुुलेर क्रान्तिप्रमि जनतामाथि फाँसिबादमन लाद्ने, चरम असहिष्णु, दलाल पूजिँबादी सत्ताको असली ठेकेदार र मुलुकमा साँडेखालको दादागिरी मच्चाएको

१०. देशलाई अहिलेको जर्जर र सङ्कट ग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्ट मध्यएक भएकाले

यसैबीच बम विष्फोट गराएको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति विप्लव नेकपाका भक्तपुर जिल्ला समिति सदस्य देव गुरुङ भएको बुझिएको छ । 

Loading...