भारतमा ६२ जनामा कोरोना संक्रमण

एजेन्सी । चीनको उहानबाट शुरु भएको नयाँ भाइरस कोभिड १९ अर्थात कोरोना भाइरसले भारतमा समेत त्रास फैलाएको छ । मंगलवार केरलामा आठ, कर्नाटक र पूणेमा तीन तीन नयाँ संक्रमितहरु भेटिएसँगै भारतमा पनि अहिले यसको उच्च सतर्कता अपनाउन थालिएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । कोरोना भाइरसकै कारण भारतका धेरै जसो शैक्षिक संस्था बन्द गरिएको छ । त्यस्तै संक्रमणको जोखिम हुने डरले सिनेमाघर पनि बन्द गरिएको छ ।

विदेश मन्त्री एस जयशंकरले सरकारले ईरानबाट आफ्ना नागरिकलाई जतीसक्दो छिटो भारत ल्याउने तयारी गरेको बताएका छन् । इरानमा कोरोना संक्रमण दु्त गतीमा फैलिएको र हालसम्म त्यहाँ २९१ जनाको मृत्यु भइसकेको छ । केरलामा मंगलवार एकैचोटी ८ जनामा संक्रमण भेटिएपछि राज्य सरकारले यसको संक्रमण थप फैलन नदिन शिक्षण संस्था लगायत सिनेमाघर बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै कर्नाटकका स्वास्थ्यमन्त्री बी श्रीरामुलूले कोरोना भाइरसका तीन जना संक्रमित भेटिएपछि तिनीहरुको सम्पर्कमा रहेका अन्य धेरैलाई पनि संक्रमण भएको हुनसक्ने र ति सबैको स्वास्थ्य परीक्षण गरी अलग राख्न सुझाव दिएका छन् ।

Loading...