नवलपरासीमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी, २८ फागुन । नवलपरासीको गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ ।

चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना३च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै आज बिहान २ः४५ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।

Loading...