माघ २५, भक्तपुर / भक्तपुर साहित्यिक समाजले आफ््नो २१ औँ स्थापना दिवसका अवसरमा ३ स्रष्टालाई सम्मान साथै २ प्रतिभालाई पुरस्कृत गरेको छ । सम्मानित हुनेमा गायक रत्न बेहोसी, महाकवि चन्द्र प्रसाद न्यौपाने र सांस्कृतिक लेखक विनोद राज शर्मा हुनुहु््न्छ । यसैगरी प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनेमा डा. जुनु बासुकला रञ्जितकार र साहित्यकार अनिश […]
साहित्य
भूकम्प प्रभावित मनमैजु माविले पायो पुनर्निर्मित नयाँ भवन
काठमाडौं । भूकम्पले प्रभावित तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु माध्यमिक विद्यालयले नयाँ भवन पाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंले विद्यालयलाई पुनर्निर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । एक भव्य समारोहका बीच प्रमुख अतिथि एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुनर्निर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् । भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री मानन्धरले सरकारले […]
भाषा, कला र साहित्यको महत्व दर्शाउन ‘साहित्य उत्सव’
इटहरी, ८ माघ । विद्यार्थीलाई भाषा, कला र साहित्यको महत्वबारे जानकार बनाउने उद्देश्यले साहित्य उत्सव आयोजना गरिएको छ । समता स्कुल पूर्वी क्लस्टरको आयोजनामा भएको उत्सवमा विद्यार्थी, साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागिता थियो । यस अवसरमा इटहरीस्थित समता स्कुलमा चर्चित साहित्यकार भेला भएका थिए । उत्सवमा विद्यालय शिक्षा र साहित्य, कविता वाचन, अन्तरसंवाद अनि कविता प्रतियोगिता पनि भएको थियो । […]
उपसभामुख तुम्बाहाङफेले राजीनामा दिइन्, अबको बैठक ठाकुरले संचालन गर्ने
काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । ‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न […]
छ बुँदे टोक्यो घोषणापत्र सहित च्याप्टर सम्मेलन सम्पन्न
टोक्यो, जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूतगतिले अघि बढाउने निर्णय गरेको छ । तीन दिन सम्म […]
कीर्तिपुर रंगमञ्चमा ‘क्याभास एट थियटर’ प्रदर्शनी
काठमाडौं, २५ पुस । कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालिन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका ३० चित्रहरु प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरुले समकालिन […]
सिजनल क्रान्तिकारी र देशभक्त
म अहिले क्रान्तिकारी भएको छु म देशभक्त पनि भएको छु पहिलेपहिले पनि म धेरै पटक क्रान्तिकारी ,देशभक्त भएको थिए फेरि अहिले एकपटक पुन भएको छु किनकी म सिजनल देशभक्त र क्रान्तिकारी हुँ किनकी म कतै भाग नपाएर बेहाल भएको छु। पहिले कहिलेकाही म सांसद नभएको पनि होइन म मन्त्री नभएको पनि होइन त्यतिखेर निदाएको मेरो […]
नवीन कलाश्री पुरस्कार वरिष्ठ कलाकार मानन्धरलाई
काठमाडौँ, १ मङ्सिर । नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ । पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गरेको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’द्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ५० हजार नगद रहेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले विसं २०७६ […]
अतिक्रमित भूमिबाट फिर्ता हुन साहित्यकारको माग
काठमाडौँ, २९ कात्तिक । नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन् । मानवअधिकार तथा शान्ति समाजको आयोजनामा ८५औँ शान्ति काव्य प्रवाहमा कविहरुले भारतले गरेको नेपाली भू–भाग अतिक्रमणको तीव्र विरोध गरे । समाजले प्रत्येक महिनाको अन्तिम बिहीबार शान्ति काव्य प्रवाह […]
विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा
हेटौँडा, २८ कात्तिक । नारी साहित्यकारहरुको संस्था आँचल साहित्यकला पुञ्जले यस वर्ष प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेको छ । संस्थाले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ बाट काठमाडौँकी समाचालोक÷कवि डा विन्दु शर्मा, प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ बाट […]










