काठमाडौँ उपत्यकाका चार नाराएण मध्य एक बिशंखु नारायण देवस्थल बाँडेगाऊँ बात हिडेर करिव एक घण्टा दक्षिण गोदाम चौर डाँडाको खोचमा अवस्थित रहेको छ। ललितपुर सातदोवाटो बात गोदावरीको बाटो भएर सवारी साधनबात २५ मिनेटमा नै सजिलै पुग्न सकिन्छ। नेपाल भाषमा विशं भन्नाले विष्णु र खु को अर्थ नदि हो। नदि छेउमा अवस्थित भगवान विष्णु नै कालान्तरमा विसंखु नाराएण भन्न थालिएको हो। कलाको दृष्टिकोण बात खासै मानव द्वारा निर्मित सिर्जना नभेटिने विशंखुमा नाराएण सानो गुफा भित्र मुर्ति बिना विराजमाण रहेको छ। चाँगु , इचंगु ए शेष नाराएण जस्तै तान्त्रिक पद्दतिमा आधारित नेवार राजोउपाध्या नेवार ब्राम्हण बस्दैनन्। मुख्य देवस्थल भन्दा केहितल पाप धर्म छुट्याउने खोच र खुल्ला रमणीय फाट सहितको विशंखु नाराएण बारे छुटै आख्यान जोडिएको छ।
लोकआख्यान अनुशार महादेले भष्मासुरलाइ हातले जसलाई छोयो उ खरानी हुने वरदान दिए छ। मुर्ख भष्मासुर आफुले पाएको शक्तिको परिक्षण गर्न महादेवलाइ लखेट्न थाल्यो। भष्मासुर देखि भागी महादेव गोदामचौरको यही सानो गुफा भित्र छिरी लुकी बसे। गुफामा लुकी बसेका महादेवलाइ परेको ठुलो आपत बात बचाउन विष्णुले भाष्मासुरलाई भने छ – महादेव जस्तो बहुलाले पनि छुना साथ भष्म हुने वरदान दियो होला त ? , यस्तो वरदानले कोहो भष्म हुन्न – भनेपछि शक्तिको घमण्डको मत लागेका भष्मासुरले बिचारनै नगरी परिक्षण गर्न आफ्नो हात आफ्नै टाउकामा हात राख्दा खरानी भएर भष्म भएछन्। त्यही भष्मासुरको खरानीबात विशंखु नाराएणको पहाड बनेको कथन रहेको पाइन्छ।
प्रत्यक बर्षको कार्तिक शुक्ल पक्ष एकादशीका दिन चार नाराएण भक्तपुरको चाँगु नाराएण ,फर्पिंगको शेष नाराएण , स्व्यम्भु हल्च्वोक पछाडी रहेको इचंगु नाराएण र बुढानिलकण्ठ नाराएणमा भब्य मेला लाग्ने गर्दछ। तर यो बर्ष कोविड संक्रमणको कारण बिगतका बर्ष झैँ सर्व साधारणका लागि खुल्ला गरिएको छैन।
नेपाल मण्डल सम्पदा र हाम्रो जात्र सस्कृति बात फोटो / प्रस्तुता बुद्ध शरण शाही