सखी प्रतिष्ठानको अध्यक्षमा मन्जिला अनिल

काठमाडौं । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सखी प्रतिष्ठानले “राष्ट्रियता प्रबर्द्धनमा नारी भूमिका” बिषयक विचार गोष्ठी सम्पन्न गरेको छ । 

सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरी रहनु भएको थियो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त माननीय कमला ओली, मातृभूमिका लागि नेपालीका संयोजक देवप्रकाश त्रिपाठी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली र वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा शीलाले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसैगरी व्यवसायी, समाजसेवी एवं गीतकार अस्मिता सुमार्गी, संचारिका समूहकी सह संयोजक कमला पन्थी, अतुल स्मृति गुरुकुलकी अध्यक्ष बन्दना गौतम र व्यवसायी अन्जु सुवेदीले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो । 

आजै सखी प्रतिष्ठानको उदघाटन पनि गरिएको थियो । सो प्रतिष्ठानको तदर्थ समितिको अध्यक्षमा मन्जिला अनिल, उपाध्यक्षमा एल्सा झा, महासचिवमा कमला रिसाल, सचिवमा रुपा पौडेल र कोषाध्यक्षमा मेनका लामा रहनु भएको छ भने सदस्यहरुमा क्रमशः शान्ति रिसाल, नीशा रिमाल, ईश्वरी लामा याचकी र राधा भण्डारी रहनु भएको छ । कार्यक्रममा प्रमुख अतिथिलगायतले सखी प्रतिष्ठानको स्थापना भएकोमा बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको चर्चा गर्नु भएको थियो ।

प्रतिष्ठानकी महासचिव कमला रिसालले स्वागत मन्तव्य तथा गीत, उपाध्यक्ष एल्सा झाले धन्यवाद ज्ञापन र कोषाध्यक्ष मेनका लामाले नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संचालन सचिव रुपा पौडेलले गर्नु भएको थियो । कार्यक्रममा कविहरु रन्जना निरौला, शान्ति रिसाल र मनिला वन्तले आआफनो कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा मातृभूमिका लागि नेपालीका सहसंयोजक – नारायण कोइराला, अनेसास नेपालका कोषाध्यक्ष किशोर श्रेष्ठ, सदस्यहरु मधु पाठक, सुमन घिमिरे, द्वारिका कुइकेल, साहित्यकारहरु उपमा आचार्य, पुष्पा खनाल, शान्ता बस्नेत, सुवासप्रसाद पाण्डे, सिर्जना भेटवाललगायतको उपस्थिति रहेको थियो ।

Loading...