मलाई नेता बन्ने हुटहुटि चल्यो

मलाई नेता बन्ने हुटहुटि चल्यो

मेरो घरमा अभाव र भाेकमरि थियोे

तर आएर भन्दियाे अभाव र भाेकमरिलाई

परिपुर्ति गर्ने अान्दोलन मार्फत लडेर मात्रै प्राप्त हुन्छ

मेरी आमा विरामि थिईन्

हामी भेटाउन चाहान्थेउ आमालाई निकाे पार्ने अस्पताल
तर उ आएर भन्दियाे तपाईंकाे आमाकाे उपचार राज्यको लापरबाहीले नभएको हाे त्यसैले यसका विरुद्धमा बाेल्नुपर्छ

म हिड्दै थिए न्याय खाेज्न हामी माथि भएको विभेदका विरुद्धमा
तर उ आएर भन्दियाे कि तपाईंले अब विद्रोहकाे झण्डा उठाउनु पर्छ

म चाहन्थे बत्लकारिहरुकाे बदला लिन किन याे कुरा गुपचुप राख्ने भनेर
तर उ आएर भन्दियाे यसको बदला बन्दुकबाट लिनुपर्छ कार्वाही गर्नुपर्छ

म पनि भन्दिए हवस् हुन्छ अब तपाईंको बाटोमा हिड्ने छु अगाडि बढ्नेछु
उ भन्छ अब तपाईंले मैले भनेको गर्नुपर्छ याे पार्टीको र माथिल्लो नेतृत्वको निर्देशनमा चल्नुपर्छ

म कहिले त राके जुलुस,कहिले सडक आन्दोलन,कहिले कार्वाहीकाे नाममा उसको पछि दुर्गुन थाले
तर उ भने भित्र भित्र हाम्रो अनुहारकाे काेटा पुर्ति गर्दै गाेजि थाप्ने काम गर्दाे रहेछ

कहिलेकाहीँ त कयौं दिन भाेक निन्द्रा नभनी आन्दोलनकाे आधिहुरिमा लाग्नुपर्छ भन्दै पनि हिड्याैं
उ भने याे आन्दोलनमा सबै पचाउन सक्नुपर्छ तर हामीले सफलता पाउने छाैं

तर उसको हत्कण्डा शुरु भयो नेतृत्व गाेपनियता र सिनियरिटि भन्दै दुस्मन संग पैठेजाेरिमा रमाउन थाल्यो
हामी भन्यौं किन यस्तो भन्दा याेत पार्टी निति र निर्देशन हाे यहीँ अनुसार ट्याक्सिस लगाउन छलफल चलाएको

हामी भन्न थाल्यौं जसका विरुद्धमा लडिरहेका छाैं उ संगै बसेर,खाएर कस्तो ट्याक्सिस हुन्छ ?
उसलाई रिस उठ्न थाल्यो वा आफ्नाे विरुद्ध बाेेलेकाे अभास गर्नासाथ हाम्रै साथी गिर्फतारिकाे सुचना दियो

जब उसको भेद खुल्न शुरु भयो त्यतिबेलासम्म धेरै ढिला भयो कयौं क्षति भईसक्याे
हाे हामि नै कमजोरी भयौं कि बुझेर पनि बुचपचाएर मुखमा पट्टी बाधेर उसको भक्त र दास भयौं

उसलाई महत्त्वआकाक्षा थियो कि मलाई नेता बन्ने हुटहुटि चलेको छ यसलाई कसरी प्राप्त गराैं ?
नत उसंग सिद्धान्त, दृष्टिकोण, कार्यदिशा, विचार, नत साेहि अनुसारको भावना नै मात्रै नेता बन्ने साेचमा

र त उसले हामी जस्ता दासिहरुलाई भर्याङ्ग बनाएर

आन्दोलनकाे नाममा उसको अभिष्ट पुरा गर्याे

उ अब चाहन्छ कि सेफलेण्डिङ्ग गरिदिउ नेता बन्ने चाहाना पुरा हुन्छ म बाहेक अब काेहि पनि छैन् यहाँ

अन्ततः मलाई नेता बन्ने हुटहुटि पुरा भयो

सिद्धान्त, दृष्टिकोण, दर्शन, विचार, कार्यक्रम र अार्दश किन चाहियो ?

अनन्त मलाई नेता बन्ने हुटहुटि पुरा भयो

अब ती भावनाकृत जनता

पार्टी कार्यकर्ता, सहिद परिवार, घाइते परिवार

र उनका परिवार, वेपत्ता परिवारजन किन चाहियो ?

(०७७/११/६ गते)

Loading...