नागरिक समाज माथि भएको दमन प्रति सरकारले माफी माग्नु पर्छ – डा. कोइराला

 

माघ १३,काठमाडौँ। मानवअधिकार तथा शान्ति समाज माथि भएको दमन प्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई नागरिक समाजसँग माफी माग्न आग्रह गर्नु भएको छ । बालुवाटारमा सोमबार मानवअधिकार तथा शान्ति समाजले गरेको शान्तिपूर्ण मार्चपास तथा प्रदर्शनमा सहभागी नागरिक समाजका अगुवामाथि प्रहरीले पानीको फेहोरा र लाठीचार्ज गरेका थियो ।
मंगलबार डा. कोइरालाले गरेको ट्विटमा सरकारले नागरिक समाजसँग क्षमा पर्ने उल्लेख छ। उहाँले प्रतिगमनका विरुद्धमा शान्तिपुर्ण प्रदर्शन गरिरहेका नागरिक समाज माथि भएको वर्वरताको निन्दा र भत्सर्ना जति गरे पनि नपुग्ने बताउनु भयो ।   

Loading...