रहेनन् राष्ट्रकवि घिमिरे : आफ्नै देशमा मर्ने इच्छा पूरा

भक्तपुर, २ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय १ वर्षको उमेरमा मंगलबार साँझ उनकाे निधन भएकाे हाे । ५ बजेर ५५ मिनेटमा निवासमै उनकाे निधन भएको पारिवारिक श्रोेतले जनाएको छ । उनी स्वासपश्वाससम्बन्धी समस्याबाट ग्रसित थिए । विं सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा उनको जन्म भएको थियो […]

‘हाम्रो बा’ पुस्तक विमोचन

काठमाडौँ, २७ साउन । नारायण प्रसाद अधिकारीको ८९औं जन्मोत्सवको अवसरमा अधिकारी परिवारका सर्वसम्मानित व्यक्ति ‘बा’ को जीवनमा आधारित सन्तती र शुभचिन्तकहरुको भावनाहरु संग्रहित ‘हाम्रो बा’ पुस्तक विमोचन भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर अधिकारी परिवारले उक्त पुस्तक विमोचन गरेका हुन् । ठूला पदमा पुगेका व्यक्तिहरुको चाकडीमा लेखिने भजनभन्दा आफ्नो ‘बा’ का […]

होम्लु भोटलामा भाषाको व्याकरण तयार, गाउँपालिकाका सबै विद्यालयमा यही भाषामा पढाइ हुने

हुम्ला । नाम्खा गाउँपालिकाले होम्लु भोटलामा भाषाको व्याकरणको प्रारम्भिक खाका तयार गरेको छ । गाउँपालिकाका सबै विद्यालयमा मातृभाषाको रुपमा होम्लु भोटेलामा भाषाको पठन पाठन सुरु गर्न गाउँपालिकाले व्याकरण तयार गरेको हो । वडा नम्बर २ केमीका स्थानीय कुन्जोक लामाले आठ महिना लगाएर होम्लु भोटलामा भाषाको व्याकरणको प्रारम्भिक खाका तयार गरेको बताए । भाषा आयोगको समन्वय […]

अनेसासको अध्यक्षमा पौडेल निर्विरोध निर्वाचित

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको सन् २०२० देखि २०२२ सम्मको दुई वर्षे कार्यकालका लागि प्रकाश पौडेल ’माइला’ (जापान) को नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । यस अघि वरिष्ठ उपाध्यक्ष रहेका माइला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अनेसासको निर्वाचन कमिटीले सोमबार साँझ अनलाईनमार्फत नतिजा घोषणा गरेको हो । शुक्रबार, शनिवार र […]

भानुभक्तको २०७ औँ जन्मजयन्ती मनाईँदै

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती सोमबार देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा […]

काठमाडौं महानगर पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार  राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारीप्रबद्र्धन, आवागमन ब्यबस्थापनलगायतमा […]

भजन गायनका लागि प्रशिद्ध मानिने सत्तल ‘सिँल्यंसत:’

  काठमाडौँ , २४ बैशाख । काष्ठमण्डपसँगै रहेको बिशाल आयातआकारको सत्तलको वास्तविक पुरानो नाम (सिँल्यंसत:) काठ बचेर बनाइएको सत्ताल भन्ने बुझिन्छ । मन्दिर जस्तै देखिने यो सत्तालको चार कुनामा चारवटा पंञ्छि गरुड (शार्दूल) राणाकाल नेपाल संवत १०४० मा तहविल निवासी धर्मनारायण मानन्धरले धातु मूर्ति प्रतिस्थापन गराएपछि सिंह सत्तल भनिन थालिएको हो । भजन गायनका लागि […]

दाहसंस्कारमा पनि बार्गेनिङ, गुहारको दौडधुपले पीडामाथि थप्यो पीडा, छैन मानवता

काठमाडौँ । कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विना भेदभाव ‘नजरबन्द’मा राखेको छ । तर, पशुपति आर्यघाटमा भने अन्त्येष्टिमा पनि धनी र गरिब छुट्याइन्छ, अझ सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि छैन । सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि […]

Be Not Bothered by the insult of “Sick Man”, Feel the Warmth of the International Humanitarianism

China is under the attack of the Novel Coronavirus Pneumonia(NCP). As the Chinese government and people are battling this epidemic, governments and people around the world have expressed their sympathies and support to China. Many countries have extended help by providing China with a large number of materials for epidemic prevention. However, some individuals in […]

भूकम्प प्रभावित मनमैजु माविले पायो पुनर्निर्मित नयाँ भवन

काठमाडौं । भूकम्पले प्रभावित तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु माध्यमिक विद्यालयले नयाँ भवन पाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंले विद्यालयलाई पुनर्निर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । एक भव्य समारोहका बीच प्रमुख अतिथि एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुनर्निर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् । भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री मानन्धरले सरकारले […]