सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाई एक वर्षभित्र चुनाव गरौँ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको बिध्यमान राजनैतिक संकट समाधान गर्न सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउनु पर्ने बताउनु भएको छ। उनले बुधबार बिहान ट्वीट गर्दै संविधानको धारा ७६ (२) बमोजिमको वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा नै अहिलेको राष्ट्रिय सरकार बनाउनुपर्ने र एक वर्षभित्र चुनाव गर्नुपर्ने बताएका हुन् ।

 

Loading...