नर्भिक अस्पताल प्रशासनले भने अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्छ

काठमाडौँ। थापाथलीमा रहेको नर्भिक अस्पतालले अक्सिजनको सहज आपूर्ति नभए अकल्पनीय घटना घट्न सक्ने बताएको छ । अस्पताललाई आवस्यक पर्ने कोटाअनुरुपको अक्सिजन पनि उपलब्ध हुन नसकेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले आज प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् ।

उनक अनुशार पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसागै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ । राज्यको अनुदार नीतिले झन समस्यालाई बलझाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसैगरी जारी रहने हो भने अकल्पनीय घटना घट्न नसक्ला भन्न सकिन्न।

कोभिड–१९ को दोस्रो लहरको तीव्र संक्रमणपछि उत्पन्न जटिल परिस्थितिमा सर्वसाधारणलाई सहज उपचार दिने उद्धेश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले अछिलो परिस्थितिमा कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरी सेवा प्रदान गर्दै आएका छन् ।

असहज अवस्था भए पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस् भनेर अस्पताल प्रयत्नशील रहेको निर्देशक सिंह बताउछन् ।

Loading...