स्मृति बल्झिरहने घाउ सम्झि गजल लेखे

आफु जन्मि हुर्किएको गाँउ सम्झि गजल लेखे स्वर्गभन्दा पनि सुन्दर ठाँउ सम्झि गजल लेखे ।। सधैसधै याद आउने अतित अनि वालापनको स्मृति भई बल्झिरहने घाउ सम्झि गजल लेखे ।। काले आइजा खेलौ भन्थ्यो स्कुलपछि धनेले नि साथी भाईले बोलाउने नाँउ सम्झि गजल लेखे ।। बाउआमाको आँखा छल्दै करेसामा निस्किएर जुत्ता नलाई दौडिएको पाउ सम्झि गजल […]

फूलमा पनि त बिष हुन्छ होईन र

कोही कोही फूलमा पनि त बिष हुन्छ होईन र ? मिठो बोली र मुस्कानमा नि रिस हुन्छ होईन र ? भन्न त तिमीले नि भन्छौ म छु सधै तिम्रो लागि तर आफ्नाबाटै छुरा रोप्ने कोशिस हुन्छ होईन र ? हुन त चोकचोकमै छन अहिंसाका पक्षपातीहरू यहाँ मन्दिरमै बली चढाउने साजिस हुन्छ होईन र ? सधै […]

मेरो गुरु को ?

हिमालचन्द्र बराल हिजो रुनुको अर्थ नबुझ्दै रुँदै जन्मिएको थिएँ म आज मलाई आँसुको मर्म सिकाउने को ? हिजो कारण बिना रुन्थें मलाई अमृतधारा पिलाएर आमाले फुल्याउनुहुन्थ्यो विना कारण हाँस्थे म बाबाको मुहारमा खुशीको गुँरास झुल्थ्यो आज मलाई खुसी हुन कारण चाहिन्छ अनि रुनको लागि पनि कारण चाहिन्छ यसरी कारण सिकाउन खोज्ने को ? हिजो सबैकासामु […]

पुष्पलाल

भँगेरीको यात्रापछि मन बदलिन्छ लुङ्ग्रीहरू नसा नसाभएर शिक्षा भएर उठ्छन् एकाविहानै पुष्पलाल भएर ! कम्मर कसेर काव्यिक यात्रामा भेलाभएकाहरू काव्य सुनाउन आतुर देखिन्छन् कविहरू ! काव्यिक मार्च गरेर दुनै , खारा र बेनीहरू हामीसँगै उठेकाछन् ! पहाड प्रहार गर्छ मुटुमा कठोर कुहिरा छिचोल्दै हाम्रो यात्रामा गुडिरहेछौँ सैपाल र घुर्चीका जँघारमा आँसु पगालेर प्यूँछौँ प्यास मेटाउन […]