- क्लोद आद्रियनहरू
- सम्झिरहेछु म
- राम हर्मनहरूका
- मीठा सपनाहरू खोजिरहेछु
- हाइनेहरू पढिरहेछु
- नेपालले कसरी मनाउँदै छ
- अक्टोवर क्रान्ति दिवस
- सैँपालमा बसेर हेरीरहेछु
- क्रान्ति नभएको हैन
- जनता नजुटेको हैन
- तिमीले क्रान्ति बुझेनौँ
- क्रान्ति चिप्लेको
- पत्तै पाएनौ तिमी
- कस्तो कुरा गरिरहेछौ
- तिम्रो कुरामा गुदी नै छैनन्
- साँच्चै भन्ने हो भने
- हाइनेहरूलाई तिमीले पढेकै छैनौ
- लुसुन र गोर्कीहरू बुझेका छैनौ
- अनि पुस्किन
- झन लेनिन कसरी बुझ्यौ होला
- लेनिन नबुझेर नै तिमीले
- अक्टोवर कसरी बुझेहौला
- स्टालिन नहुँदा हुन्
- रसिया क्रान्ति सम्भव थिएन
- हाम्रो नेपालमा
- खै ति लिडरहरू आउँदै आएन
- मैले स्टालिनहरूकै पाउ समाएर
- असनको बजारमा
- मशाल कुदाएकै हुँ
- तिमी मलाई गद्दार भनिरहेछौ
- थुक्क थुकिरहेछौ
- तिमीलाई अक्टोरवर क्रान्तिको
- पक्षधर ठानौ
- रोक सब, नक्कली आँखाहरू
- मैले हत्केलामा उठाएका
- राता झलल झलल
- सुन्दर मशालहरू
- थाहा छ मलाई
- जुद्ध शम्सेरले ननिभाएको
- मेरो हातको मशाल तिमी निभाएर
- अक्टोवर क्रान्तिको सम्झना
- गरिरहेछौ
- कति आतुर
- मेरो मुखमा थुक्न
- विधी र विधान विपरीत हिँडेर
- खै के गर्लाऊ
- अक्टोवर क्रान्ति ?
अक्टोवर क्रान्ति र नेपाल
- वैरागी जेठा