प्रत्येक परिणामकाे पछाडि एउटा कारण छ मान्छे झुक्याउनलाई यहाँ मायावी अावरण छ बृक्षबाट झर्नै पर्छ अाेइलाएपछि पातहरु मान्छेकाे दुश्मन अाफ्नै तामसी अाचरण छ पहिले जे अद्भुत लाग्छ हेर्दै जाउ,लाग्छ फिक्का असाधारण त त्यो हाे जुन नितान्त साधरण छ सुरक्षाघेरामा नै असुरक्षित छन् कानुनहरु अदालतमै किन निसाफकाे अपहरण छ? एक्लाे हुन काेही चाहँदैन,खाेज्छ भ्रमकाे साथ अचेल […]
कविता
जलेको प्रिय मान्छेकाे खरानीकाे माया हुन्छ
यहाँ सबैलाई अाअाफ्नाे लगानीको माया हुन्छ एकबार मात्रै अाउने जवानीकाे माया हुन्छ गाउँ छाेडेर बसाइँ हिड्दा काे रुँदैन हाेेला र बगी जाने अाँसुलाई अाँखाकाे नानीकाे माया हुन्छ भाेगाइपिच्छे फरक हुन्छ जिन्दगीको स्वाद ‘नि लाखाैं प्रयासमा नछुट्ने बानीकाे माया हुन्छ गाेधुँलीमा फर्किन्छन् गुँडमा चराचुरुङ्गीहरु माेही पारिने ठेकीलाई मदानीकाे माया हुन्छ दिनभर जति […]
देशै कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु
जनता भएपछि चैते हुरीले उडाउने पत्करहरु देश कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु छक्क परेर मरिमरि हाँसिरहेछ छेपाराे पनि अाज उसलाई नै माथ दिने देखेछ मान्छेका लस्करहरु दाैलतभन्दा ठूलो चुम्बक अर्को देखाइदेऊ कसैले महलमा पुगेपछि बिर्स्याे उसले जिन्दगीका ठक्करहरु याे त रीति हाे, बदलिरहन्छ समय, ठाउँ र परिस्थिति फेरिएला रुप, उही […]
धेरै पछि एउटा गजल पस्किएँ हजुर
नेताहरु भाेट किनेर देश बेच्ने सुरसारमा छन् देश बनाउने हातहरु भने साउदीकतारमा छन् अाफ्नै मुटु छाम्ने फुर्सद पनि छैन यहाँ कसैलाई कहाँ पुग्नलाई हाे कुन्नि सबैजना हतारमा छन् कति सुन्नु लेख्नु अनि पढ्नु हाेला एकनासे कुरा इन्द्रियहरु मेरा अब बसाइँ सर्ने विचारमा छन् विश्वासको छातिमा जानाजान छुरा धस्ने खुनीहरु रिझाएर ईश्वर छल्न […]
अपहरित सपनाहरु
थुन सरकार एउटा बन्द कोठामा थुन अँध्यारो खोपीमा कैद गर र कैदी बनाएकै पनि छौ अाज हामीलाई र हाम्रा सपनाहरुलाई अझै पक्राउ अादेश जारी गर तिम्रो कालो रुपलाई कालो देख्ने साँचो मान्छेहरुलाई बन्द कोठामा राख्न अादेश जारी गर ! तिम्रै हातमा छन् सत्ताहरु छन् बन्दुक र वर्दिवालाहरु पनि सक्छौ हुकुम बक्सिस गर साँचो अर्थको […]
अक्टोवर क्रान्ति र नेपाल
क्लोद आद्रियनहरू सम्झिरहेछु म राम हर्मनहरूका मीठा सपनाहरू खोजिरहेछु हाइनेहरू पढिरहेछु नेपालले कसरी मनाउँदै छ अक्टोवर क्रान्ति दिवस सैँपालमा बसेर हेरीरहेछु क्रान्ति नभएको हैन जनता नजुटेको हैन तिमीले क्रान्ति बुझेनौँ क्रान्ति चिप्लेको पत्तै पाएनौ तिमी कस्तो कुरा गरिरहेछौ तिम्रो कुरामा गुदी नै छैनन् साँच्चै भन्ने हो भने हाइनेहरूलाई तिमीले पढेकै छैनौ लुसुन र गोर्कीहरू बुझेका […]
चढाउन सकिन मैले मेरो स्वतन्त्रताको भेटी
चुडेर फुल गुलाबको थपक्क राखिदिएझै निस्ठुर देबताको चरणमा राख्न सकिन मैले तिमिलाइ मेरो स्वतन्त्रताको भेटी चढाउन सकिन आफ्नै अस्तित्वको बली पिलाएर बिष धर्मको वा राजनीतिको बेहोस बेहोस बनायौ मेरो इतिहास बिक्षिप्त बिक्षिप्त बनायौ मेरो वर्तमान तैपनि भुलेर सबै कुराहरु चट्टकै भुल्न सकिन मैले मेरो अस्तित्व बिर्सिएर पनि बिर्सन सकिन मैले मेरो इतिहास पीडा तिमीलाई खै […]
जब हतकडी बने लगाएका पाउजु र चुराहरु
गजल सबै बकवास लाग्याे उसलाई प्रेमका कुराहरु जब हतकडी बने लगाएका पाउजु र चुराहरु मर्नलाई प्राण नै उड्नु नपर्नेरहेछ बुझ्दैछु ज्यानमारा भएपछि सम्झनाका छुराहरु समाजसेवाकाे झ्याली पिटिदैछ बजारमा कठै ! भन्दै दयाकाे पात्र बनाइए टुहुराहरु मुटुकाे छानाे चुहिएर अाँखाबाट खसेछु म पलाउँदै थिए ,चुँडिए जीवनका अाँकुराहरु
सुन्तलीका पसिनाहरू
सुन्तली मेरो देशको सुन्दर कलाकार मलाई लाग्छ गर्व उनीसँगै नाचीरहेकी हुन्छु म चन्द्रधर र गोकुल जस्तै श्रमजिवी उनीहरू तालुमा नाम्लो लगाएर पिठ्यूँभरी ढुङ्गा बोकेर मानवका लागि घर बनाइरहेछन् म र मसँगै घुमिररहने हावाहरू अर्काका कुरा काटेर समय बिताइरहेछौँ । कस्तो मानवता हाम्रो ? वा ! मेसिन झैँ क्रियाशील ुुुसुन्तलीका जोडीहरू युगलाई मानव निर्मित बनाउँदैछन् यता […]
त्यो वेणी कब्जा गरेको दिन
जङ्ग मन अजङ्ग शरीर बनाएर मुक्तिसेनाका लाल सिपाहीहरू धौलागिरि हिमाल चढ्दा रुप्से टक्क रोकिएको दिन कालीगण्डकी सललल बगेको दिन हो आमा त्यही हो वेणी कब्जा गरेको दिन । जनताको महासागरसँग लालसेना मानवबम बनेको दिन कविको कलम बन्दुक बनेको दिन कविता गोली बनेको दिन काली र म्याग्दीको सङ्गम रणभूमि बन्यो ऐतिहासिक कखमा धौलागिरिको भीमकाय धक्का गएको […]