भक्तपुर । सायड सेयरिङ गर्ने सवारी चालकहरूले सार्वजनिक सवारी सञ्चालन नभएको मौका छोपी बढी भाडा असुल गरेको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले चेकजाँचमा कडाइ गरेको छ । कार्यालय प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीको नेतृत्वमा ट्राफिक प्रहरीहरु चेकजाँचमा खटिएका छन् । उनीहरुले राइडिङ सेयर गरिरहेका सवारी साधनलाई रोकी आवश्यक चेकजाँच गरिरहेका देखिन्छन् । […]
समाचार
अपराह्नदेखि सार्वजनिक यातायात सुचारु हुनसक्ने
काठमाडौ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच सोमबार राति सहमति भएसंगै देशभर रोकिएका सार्वजनिक सवारी साधन चल्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रातभर चलेको तेस्रो चरणको वार्ताले सहमति निकाल्दै आन्दोलन अन्त्यतर्फ मोडिएको हो। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरकाअनुसार संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली तत्काल स्थगन गर्न […]
बजेटले नवउदारवाद र विकृत पुँजीवादलाई प्रश्रय दिएको पूर्व अर्थमन्त्री शर्माको टिप्पणी
काठमाडौ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट यथार्थपरक नभएको आरोप लगाउँदै गम्भीर समिक्षा गरेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आयोजित ‘बजेटः अ होलिस्टिक डिस्कोर्स’ कार्यक्रममा बोल्दै शर्माले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने कुरा गरेपनि रुग्ण उद्योग संचालनको पहल नगरेको बताए । जलविद्युतमा ४० खर्ब रुपैयाँ डुबिसकेको भन्दै उनले […]
पैसा असुलीमा ट्राफिक प्रहरी, मानवीयताको छैन मूल्य
काठमाडौ । ट्राफिक प्रहरी घामपानी नभनी सडकमा बसेका हुन्छन् । नागरिक सेवाको लागि कर्तब्य पुरा गरिरहेका ट्राफिक प्रहरीप्रति नागरिक स्वयं भने सकारात्मक छैनन् । प्रायः नागरिकले मन नपराउने ट्राफिक दयालाग्दो गरी सडकमा दौडिरहेकै हुन्छन् । ट्राफिक नागरिकबाट टाढा हुनुको एउटै कारण हो मानवीय मूल्य नबुझ्नु र आफ्नो मूल्य असुलीलाई मात्र महत्व दिनु । सोमबार यस्तै […]
राइड सेयरिङसम्बन्धी विवादले सार्वजनिक यातायात ठप्प, के हो माग
काठमाडौ । राइड सेयरिङसम्बन्धी विवादले यातायात व्यवसायी आन्दोलित भएका छन् । सोमबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा अनिश्चितकालीन यातायात बन्द सुरु भएको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार समितिको निर्णय अनुसार सार्वजनिक सवारी ग्यारेजमै थन्किएका छन्। यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले […]
“राजा ल्याउँछु भन्नु जनतामाथिको अपमान हो” — सांसद गोसाइँ
भक्तपुर । बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाइँले “राजा ल्याउने” भन्ने प्रवृत्तिलाई जनतामाथिको सिधा अपमान भनेका छन्। शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता गोसाइँले नेपाली जनताले साढे दुई सय वर्षसम्म राजतन्त्रको कठोर शासन भोगिसकेको स्मरण गराए। “फेरि राजा ल्याउँछु भन्नु भनेको जनतालाई सिधै लात्ताले हान्नु […]
प्रचण्डले नुवाकोट घटना सुनाउँदै भने- राजावादी आइलागे जाईलाग्नु !
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरूमाथि कडा आरोप लगाउँदै उनीहरू भाडाका मान्छे ल्याएर उत्तेजना फैलाउने प्रयासमा लागेको बताएका छन्। आइतबार काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजित वाइसीएल (Young Communist League) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले राजावादीहरूले कताकताबाट पैसा ल्याएर मानिसहरूलाई जाँड खुवाएर उफार्ने काम गरिरहेको बताए। “पैसा त उनीहरूले […]
कमल थापासहित राजावादीहरु पक्राउ
काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन् । नक्साल, नारायणचौरवाट वालुवाटारतर्फ जान खोज्दा थापासहित ६ जना राजावादी पक्राउ परेका हुन् । राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् । उनीहरूलाई काठमाडौं […]
२५० करोड हिनामिनाको आरोपमा कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पक्राउ
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा संकलित बचतकर्ताहरूको २५० करोडभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका भनिएका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको छ। राय बैंकको संस्थापक अध्यक्षसमेत हुन्। उनी पटक–पटक सञ्चालक समितिको अध्यक्ष पदमा बसेका थिए। कार्यकालको दौरान उनले बैंकमार्फत संकलित रकम हिनामिना गरेर फरार भएका बताइएको छ […]
चार बालिका चार दिनदेखि बेपत्ता, खोजी जारी
मोरङ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ […]











