काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा संकलित बचतकर्ताहरूको २५० करोडभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका भनिएका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको छ।
राय बैंकको संस्थापक अध्यक्षसमेत हुन्। उनी पटक–पटक सञ्चालक समितिको अध्यक्ष पदमा बसेका थिए। कार्यकालको दौरान उनले बैंकमार्फत संकलित रकम हिनामिना गरेर फरार भएका बताइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको टोलीले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहिया क्षेत्रबाट पक्राउ गरेको हो। अहिले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसारको मुद्दामा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको बताइएको छ।
यस घटनाले बैंकिङ प्रणालीमा पार्ने असरबारे चासो बढेको छ। आम जनताको बचत सुरक्षित रहनुपर्ने चासो बढिरहदा वित्तीय प्रणालीमा विश्वास संकट समाधानमा यसले बिशेष अर्थ राख्ने बिश्लेषकहरु बताउँछन् ।